चुनावी रणनीति बनाउन एमालेले डाक्यो स्थायी समिति बैठक

चुनावी रणनीति बनाउन एमालेले डाक्यो स्थायी समिति बैठक


चुनावी रणनीति बनाउन एमालेले स्थायी समिति बैठक डाकेको छ । आजदेखि राजधानीको गोकर्ण रिर्सोटमा ३ दिन सम्म चल्ने  स्थायी समिति बैठकमा प्रदेश र प्रतिनीधिसभा निर्वाचन रणनीति तथा पार्टीको घोषणापत्र निर्माणका विषयमा छलफल हुनेछ ।

अपरान्ह ३ वजे शुरु हुने बैठकले बाम गठवन्धनबीचको चुनावी तालमेल, माओवादी केन्द्रसंग सिटसंख्या बाँडफाँड लगायतका विषयमासमेत केन्द्रीत हुने पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार बैठकले समानुपातिक र प्रत्यक्षतर्फको उमेद्बारको अन्तिम सूची पनि तयार गर्नेछ ।