पार्टी ‘निर्णय’ कुर्दै माओवादी मन्त्री !

पार्टी ‘निर्णय’ कुर्दै माओवादी मन्त्री !


सरकारबाट बाहिरिने विषयमा माओवादीबाट वर्तमान सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीले पार्टीको निर्णय कुरेका छन् ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले केहीबेर अघि मन्त्रालयमा पत्रकार सम्मेलन गरि पार्टीको निर्णय आएपछि आफूहरु सरकारमा एक मिनेट पनि नबस्ने बताए ।

उनले हालसम्म सरकारलाई दिएको समर्थन कायमै रहेको बताए । उनले भने,‘सरकारमा रहने/नरहने भन्ने विषयमा पार्टीले जे निर्णय गर्छ हामी तत्काल मान्न तयार छौं ।’ उनले पार्टी र सरकारको ध्यान प्रदेश र प्रतिनिधि सभा निर्वाचन सफल बनाउने तर्फ रहेको समेत जिकिर गरे ।

प्रधानमन्त्रीले कार्यविभाजन हेरफेर गरे आफूहरु चुप लागेर नबस्ने समेत बताए । उता माओवादी अध्यक्ष प्रचण्ड–प्रधानमन्त्री शेरबहादुर देउवावीच आज भेटवार्ता भएको छ ।

भेटवार्तामा देउवाले नैतिकताका आधारमा माओवादीलाई सरकार छाड्न भनेका थिए । यससम्वन्धमा निर्णय गर्न वामगठबन्धनको बैठक बसिररहेको स्रोत बताउछ ।