जनतालाई झुक्याएर कम्युनिस्टहरु साम्यवाद स्थापना गर्न लागिपरेका छन्: देउवा

जनतालाई झुक्याएर कम्युनिस्टहरु साम्यवाद स्थापना गर्न लागिपरेका छन्: देउवा


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही वामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताएका छन् । पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा आज आयोजना गरेको ‘राष्ट्रिय रणनीतिक प्रशिक्षण’ कार्यक्रममा उनले भने ‘कम्युनिस्टहरु प्रजातान्त्रिक पद्धतिबाट जनतालाई झुक्याएर साम्यवाद स्थापना गर्न लागेका छन्।’

लोकतन्त्र खतरामा परे देश नै खतरामा पर्ने भन्दै उनले लोकतन्त्र जोगाउन कांग्रेस एकजुट हुनुपर्ने बताए ।कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस नेवि संघको जगमा उभिएको पार्टी भएकाले कांग्रेसलाई जोगाउने काम नेविसंघकै भएको बताए । ‘पार्टी संकटमा परेको छ यसलाई जोगाउन नेविसंघ एक ढिक्का भएर अगाडि बढ्नुपर्छ,’ उनले भने । संसारबाट हराउँदै गएको कम्युनिष्ट व्यवस्था नेपालमा लागू हुन नसक्ने उनले दाबी गरे ।