मतपत्रसम्बन्धी मुद्दामा आज फैसला हुने

मतपत्रसम्बन्धी मुद्दामा आज फैसला हुने


असोज २२ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको मतपत्र छुट्टा छुट्टै दुईवटा बनाउनुपर्ने माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)का उपाध्यक्ष एवं संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई दयार गरेको रिटको फौसला आज हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज निर्णय सुनाउने भएको हो ।

सो रिट आज निर्णय सुनाउनका निम्ति राखिएको छ । निवेदन उपर असोज २४ गते सुनुवाई भएर कारण देखाउ आदेश जारी गरी हिजो छलफलमा बोलाइएको थियो ।

निर्वाचन आयोगले भने एउटै मतपत्रमा संघको माथि र प्रदेशको तल पर्नेगरी मतपत्रको नमूना तयार गरेको छ भने समानुपातिकतर्फको मतपत्र छापिसकेको छ ।