राजपा मुख्यालयमा महसचिवसहितका नेताले दिए धर्ना

राजपा मुख्यालयमा महसचिवसहितका नेताले दिए धर्ना


टिकट वितरणमा गम्भीर असन्तुष्टी जनाउँदै राजपा मुख्यालयमा राष्ट्रिय जनता पार्टी (राजपा)का दुई महासचिवसहितका नेताहरुले  धर्ना सुरु गरेका छन् ।

समानुपातिक सूचीमा पार्टीभित्रको मर्यादाक्रमअनुसार सच्याउन मागसहित महासचिव केशव झा, पेशल ढकाललगायत एक दर्जनको संख्यामा नेताहरु राजपा केन्द्रीय कार्यालय बबरमहलमा बुधबारदेखि धर्ना बसेका हुन् ।

धर्नामा केन्द्रीय सदस्य बीपी यादव, दीपक झा, दीपेन्द्र अग्रवाल तथा विद्यार्थी र युवा संगठनका पदाधिकारीहरु सहभागी छन् । मध्यान्ह १२ बजे सुरु धर्ना  शुरु भएको हो ।

उनीहरुका अनुसार नेतृत्वले मनोमानी ढंगले समानुपातिक सूची तयार पारेकोले संशोधन नगरेसम्म धर्ना जारी राहने छ । तिहारको भाइटीकाको दिनसम्म धर्ना दिँदा माग सम्बोधन नभए त्यसपछि रिले अनशन सुरु गर्ने धर्नाकारीहरुले बताएका छन् ।