राजनीतिक अस्थिरताले गुमेको अवसर

राजनीतिक अस्थिरताले गुमेको अवसर


-वसन्तराज कुँवर
भेटनामबाट बैंकक हुँदै काठमाडौं र्फकने सिलसिलामा मलगायत नेपाली साथीहरू हनोई विमानस्थलबाट थाई एअरवेजको विमानमा प्रवेश गर्‍यौँ । थाई ऐअरवेज खचाखच भरिएको थियो । त्यसैले गृह मन्त्रालयका दुईजना साथीहरू भक्तपुरका अर्का श्याम धभौडेल र म अलगअलग सिटमा पर्‍यौँ । भियतनाम घुम्न आउने टुरिष्टको कति घुइँचो हुँदोरहेछ भन्ने त्यही हवाईजहाजका विदेशी यात्रीहरूको सङ्ख्या हेरेर पनि अनुमान गर्न सकिन्थ्यो । भियतनाम कम्युनिस्ट देश भए पनि यसपालि पर्यटक भने पोहोरको भन्दा ३०० प्रतिशत गुणा बढी भित्र्याएको तथ्याङ्क पनि मैले पढ्न पाएको थिएँ ।
आ-आफ्नो सिट खोज्ने क्रममा मेरो सिट भने झ्यालतर्फनभई बीचको चारवटा सिटमध्ये पनि माझमा परेको रहेछ । बायाँतिर अजङ्गको गोरा परेका रहेछन् । मेरो दायाँपट्टि भने एक अपाङ्ग महिला रहिछिन् । दायाँतर्फएक भियतनामी नै जस्तो देखिने ती वृद्ध महिलाले आफ्ना सामान प्लेनको माथि रहेको सामान राख्ने र्‍याकमा राख्न सकिनन् र मलाई हेरिरहिन् । भाषा नबुझे पनि उनको आँखाले सहयोग मागेको कुरा मैले बुझेँ र उठेर एक-एक गरी दुईवटा झोला मैले माथि राखिदिएँ । उनले हाँसेर धन्यवाद दिइन् । सिटमा बसेर उनले फेरि पेटीतर्फ हेरेर मलाई सहयोग गरिदिन इसारा गरिन् । मैले बुझिनँ । उनले झट्का दिएर ओड्ने झारिन् । त्यतिबेला मैले देखेँ उनको एउटा हात पाखुराको माथिल्लो भागबाटै छिनेको रहेछ । उनले इसारा गरेर केटाकेटीमै बमले अपाङ्ग भएको बताइन् । बल्ल मैले उनको बाध्यता बुझेँ र आफैँ उनको सिटको पेटी खोजेर बाँध्ने काममा मद्दत गरिदिएँ ।
म ती वृद्धा भियतनामी महिलालाई सहयोग गरिरहँदा बायाँपट्टकिो झन्डै सातफिटे अजङ्गको मोटो गोरा भने एउटा पुस्तक निकालेर पढ्न व्यस्त भइसकेको थियो । ऊ चुपचाप आफ्नै दुनियाँमा मस्त देखिन्थ्यो । यात्राको क्रममा शौचालय जानुपरे कसरी जाने होला भन्ने पनि डरले मलाई सतायो । एकपल्ट अजङ्गको गोरा अर्कोतर्फआफैंले पेटी बाँधिदिनुपर्ने महिला । बरु पानी नखाई शौचालय जानुपर्ने सम्भावनालाई रोक्ने नै मैले नीति लिएँ । हवाईजहाज बादलमाथि पुग्यो । म बीचमा भएकोले तलतिरका दृश्य हेर्न पनि सक्दिनँथिएँ । सिटअगाडि राखिएको म्यागजिन पल्टाउन थालेँ । त्यत्तिकैमा त्यो अग्लो गोराले मेरो लुगा नियालेर हेर्‍यो । मैले मेरो संस्थाको नाम ‘नार्कोनन’ छापिएको टी-र्सट लगाएको थिएँ र छातीमा नेपालको झन्डा पनि थियो । उसले मेरो झन्डातर्फऔंल्याउँदै भन्यो, ‘यो नेपालको झन्डा होइन ?’ मैले हाँसेर हो भने । उसले भन्यो, ‘यो झन्डाको आकृति अरूभन्दा फरक छ त्यसैले मलाई स्कुलजीवनदेखि नै यो झन्डाको बारेमा ज्ञान छ ।’
मैले टी-र्सटमा छापेको देशको झन्डाको कारण हाम्रो बोलचाल भयो । उसको अङ्ग्रेजी त्यति राम्रो थिएन । केहीबेरमै मलाई थाहा भयो कि उनी चेकोस्लोभाकियाबाट आएका रहेछन् । चेकोस्लोभाकियामा उनी एक बैंकको उच्चअधिकृत रहेछन् र त्यो बैंकले चेकोस्लोभाकियामा बनेका उत्पादनहरू किन्ने ग्राहकलाई ऋण दिँदोरहेछ । भियतनाममा एउटा ज्यादै ठूलो सिमेन्ट कारखाना बनिरहेको रहेछ र त्यो कारखानाको मेसिन चेकबाट आएको रहेछ । चेकोस्लोभाकियाको मेसिन किनेको हुँदा ८५ प्रतिशतसम्म ऋण उसको बैंकले दिन सक्दोरहेछ यसैअर्न्तर्गत भेतनामको कुनै कम्पनीले लाखौँ ऋण सापटी त्यस बैंकबाट प्र्राप्त गरेको रहेछ । आफूहरूले लगानी गरेको कारखानाको स्थिति बुझन उनी भियतनाम आएका रहेछन् । भियतनामको कुरो गर्नेबित्तिकै उनी ज्यादै प्रसन्न देखिए र हाँस्दै भने, ‘भियतनामको त्यो सिमेन्ट फ्याट्रीले मलाई भव्य स्वागत गर्‍यो । मेरा लागि बाजागाजा पनि बजाइए । विभिन्न प्रकारले स्वागत भयो, म यहाँका मानिसहरू र त्यस कम्पनीसँग ज्यादै खुसी भए । सिमेन्ट कारखानाले आफ्नो क्षमता अरू बढाउन खोजेको रहेछ । म त्यस काममा थप सहयोग गर्न आफ्नो बैंकलाई अनुरोध गर्नेछु ।’
पाभेल नाम भएका ती व्यक्तिले भियतनामका उद्योग र त्यहाँका मानिसहरूको तारिफ गरेको देख्दा मलाईर् इष्र्या पनि लाग्यो । त्यस क्षण मैले आफ्नो देशमा विदेशबाट लगानी गर्न आएका लिभरदेखि कोडाक कम्पनीसम्मका लगानीकर्तालाई काएल बनाएर देशै छोडी भाग्न बाध्य बनाइएको सम्झेँ । ठूलाठूला जलविद्युत् आयोजनाहरू श्रमिक नामका केही व्यक्तिहरू र तिनका पछाडि रहेका स्वार्थी राजनीतिज्ञहरूको गैरजिम्मेवार र अपराधीपूर्ण कार्यका कारण सयौँ प्रतिशत लगानी बढ्न गई थला परेको सम्झेँ । नेपालजस्तो देशबाट गएको मजस्तो व्यक्तिका लागि ती व्यक्तिले भियतनामको तारिफ गरेको सुन्दार् इर्श्या लाग्नु स्वाभाविकै थियो ।
चेकमा बनेका सामानहरू खरिद गर्ने अन्य देशका उद्योगहरूलाई त्यस बैंकले ऋण दिन्छ भन्ने कुरा मै म अचम्ममा परेँ । मलाई लाग्यो यो पक्कै पनि सरकारको आफ्नै बैंक हुनुपर्छ तर मेरो सोच गलत रहेछ । त्यो बैंक सरकारको नभई जर्मनी, पोलाण्डसमेतको लगानीमा खुलेको निजी बैंक रहेछ । मैले उनलाई सोधेँ, ‘तपाईंको देशमा अरू देशका लगानीकर्ता आएर बैंक खोलेपछि समस्या आउँदैन -‘ उनले हाँस्दै भने, ‘के को समस्या ? अरू देशको पैसा हाम्रो देशमा आउँछ, हाम्रा नागरिकहरूले जागिर पाउँछन् । देशमा जत्ति धेरै पैसा आयो त्यत्ति नै लगानी बढ्छ, त्यसैले हाम्रो देशले विदेशी लगानी तान्न ज्यादै ठूलो आर्थिक छुटहरू दिएको छ ।’ उनको त्यो कुरा सुनेपछि मैले बुझेँ- विदेशी बैंक आयो भन्दैमा डराउनुपर्ने रहेनछ । यति कुरा हुँदा पनि मेरो मनमा अझै एउटा प्रश्नले कुतूहल जमाइरहेको थियो त्यो के भने ‘आखिर यो बैंकले अर्को मुलुकको कुनै कम्पनीलाई ऋण दिँदा त्यसको ग्यारेन्टी के लिन्छ त -‘ पक्कै पनि ऋण लिने देशको सरकारले बीचमा बसेर जवाफदेयिता त लिइदिनर्ैपर्छ होला ? जब मेरो कुतूहल उनले बुझे तब हाँस्दै भने, होइन, हामीलाई सरकारले ग्यारेन्टी दिनुपर्दैन । हामी पहिला हाम्रो देशमा बनेको सामान खरिद गर्ने कुनै पनि अर्को देशका कम्पनीहरूसँग सर्म्पर्क गर्छर्ाा ? तिनलाई ऋण दिने अफर दिन्छौँ, ऋण लिन माने त्यस प्रोजेक्टको सम्भावना रिपोर्ट अध्ययन गर्र्छौं । यस कामका लागि हाम्रो बैंकमा विशेषज्ञहरूको टोली छ । उनीहरूले त्यो परियोजनाका अध्ययन राम्ररी गर्छन् र जहाँ लगानी गर्ने हो त्यस देशको राजनीतिक स्थिरता पनि अध्ययन गरी ऋण दिन हुन्छ भनी सिफारिस गरेपछि पाँचदेखि सात प्रतिशत ब्याजमा हामी लगानी गर्दछौँ र १५ प्रतिशतचाहिँ त्यसै कम्पनीलाई लगानी गर्न लगाउँछौँ । जुन वस्तु खरिद गर्न हामीले ऋण दिन्छौँ ऋण चुक्ता नभएसम्म त्यस वस्तुलाई धरौटीस्वरूप आफ्नो अधीनमा राख्दछौँ ।
एउटा देशको बैंकले अर्को देशको कुनै कम्पनीलाई सरकारको ग्यारेन्टीबिना नै ऋण दिन आँट गर्ने कुराले मलाई आकषिर्त गरायो । मैले उनलाई सीधै सोधेँ, ‘चेकोस्लोभाकियामा के-के उत्पादन हुन्छ -‘ उनले भने- हामी ठूलाठूला मेसिनहरू बनाउँछौँ । ती मेसिनहरू समुन्द्रबाट तेल निकाल्नदेखि सडक, पुल बनाउन, खानी निकाल्न, कलकारखानाहरू सञ्चालन गर्न काम आउँछन् । हामीहरूले संसारका धेरै स्थानमा लगानी गरिरहेका छौँ । भियतनाममा यो नयाँ प्रोजेक्ट हो । पहिला भियतनामको पुरानो युद्धको समय सम्झेर यहाँ लगानी गर्ने कि नगर्ने भनी सोचिएको थियो तर अहिले यहीँ आएर हेरेपछि थाहा भयो भियतनाममा लगानी गर्ने ज्यादै राम्रो वातावरण रहेछ ।
कुरै कुरामा आकाशको बाटो हामी दुई काट्दै थियो । चेकोस्लोभाकिया जम्मा मात्र ३८० किलोमिटर जति लामो सानो भूपरिवेष्ठित राज्य रहेछ । यो मुलुक सधैँ स्वतन्त्र रूपले अस्तित्व बचाउन सफल भएको रहेछ । हिटलरले नजिकैको पोल्याण्ड ध्वस्त पार्दा पनि कूटनीतिक सुझबुझले यो मुलुकमा कोही मरेनछन् । रुसको साम्राज्यवादमा पनि रुससँगै मिली चेकले आफ्नो अस्तित्व जोगाएको रहेछ । रुस र अमेरिकाको शीतयुद्ध समाप्त भएपछि त्यो सानो देशले नाटोको सदस्य भएर महाशक्तिसँग मिलेर आफ्नो अस्तित्व जोगाउँदै आर्थिक विकास गरिरहेको रहेछ । त्यो देशलाई हेरेर मैले थाहा पाएँ कि राजनीतिक नेताहरूमा कूटनीतिक चतुर्‍याइँ भएमा भूपरिवेष्ठित देश भएर पनि विकासमा कुनै बाधा हुँदो रहेनछ ।
बैङ्कक ओर्लने समय हुँदा मैले उनलाई नेपालमा तपाईंको बैंकले के सहयोग गर्न सक्छ भनी सोधँे । उनले भने- नेपालमा हाम्रो देशमा बनेको १९ सिटरको हवाईजहाज लैजान सक्नुहुन्छ । त्यो प्लेन पहाडका लागि हो । ब्राजिलमा पनि खुबै चलेको छ । त्यो प्लेन लान सिकन्छ । मैले सोधेँ, ‘तपाईं नेपालका हवाईकम्पनीलाई मद्दत गर्न सक्नुहुन्छ त -‘ उनले भने- खोइ नेपालमा त सुरक्षा राम्रो छैन भन्छन् † तपाईंको के भनाइ छ ? उनले मलाई यो प्रश्न सोद्धा मैले खालि हाँसेर टारेँ । उनले भने- नेपालमा लगानी गर्न हुन्छ भन्नेबारे हामीले सोचेकै छैनौ । भारत र बंगलादेशमा चाहिँ गर्न सक्छौँ । उनको यो कुरा पनि मैले सुनिरहेँ । त्यस क्षण मैले बुझेँ कि राजनीतिक अस्थिरताले विकासको क्षेत्रमा कति अवसर गुम्दोरहेछ । प्रधानमन्त्रीका कुर्सीी लागि मरिहत्ते गर्नेहरूमध्ये कसलाई पोखौँ यो व्यथा ?