उज्यालो पर्ब मनाउँदा आँखामा छायो अन्धकार

उज्यालो पर्ब मनाउँदा आँखामा छायो अन्धकार


भारतको तेलङगाना राज्यमा पटका पड्काउँदा आँखामा चोट लागेका कम्तीमा तीस जना अस्पताल भर्ना भएको सन्दर्भलाई सिन्ह्वाले सम्प्रेषण गरेको छ ।
दीपावलीको अवसरमा बिहीबार बेलुका पटका पड्काउँदा उनीहरूको आँखामा चोट लागेको सो राज्यका स्वास्थ्यमन्त्रीले शुक्रबार जानकारी दिएका छन् ।

बताइएअनुसार उनीहरू सबैको अहिले सरकारी अस्पताल सरोजिनी आँखा अस्पतालमा उपचार भइरहेको छ ।

भारतमा दीपावलीको बेला पटका पड्काउने प्रचलन अत्यधिक रहेकाले अरु पनि धेरै जनाको आँखामा चोट लागेको हुन सक्ने अनुमान गरिएको छ ।

‘गएरातीदेखि सरोजिनी आँखा अस्पतालले मात्रै ३० जनाको उपचार गरेको छ,’ राज्यका स्वास्थ्य मन्त्री सी लक्ष्मण रेड्डीले भन्नुभयो ।

आँखामा चोट लागेका मध्ये छ जनाको शल्यक्रिया नै गर्नु पर्ने अवस्था रहेको चिकित्सकले बताएका छन् ।

भारतमा अहिले मनाइरहिएको हिन्दुहरूको पर्व दीपावलीलाई दीप वा उज्यालोको पर्व पनि भनिन्छ । यो पर्वमा अत्यधिक पटकाहरु पड्काउने गरिन्छ ।