अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई तीन स्वर्ण

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई तीन स्वर्ण


– श्रीविक्रम भण्डारी (थाइल्याण्ड)

सातौं तिरक तेक्वान्दो अन्तर्राष्ट्रिय च्याम्पियनसिप सम्पन्न भएको छ । थाइल्याण्डको स्वर्णभूमि एजेम्सन युनिभर्ससिटीमा सम्पन्न भएको उक्त च्याम्पियनसिपमा २० वटा देशले सहभागिता जनाएका थिए ।

आयोजक थाइल्याण्ड, नेपाल, भारत, चीन, श्रीलंका, मलेसिया, भियतनाम, इण्डोनेसिया, दक्षिण कोरिया, ओमान, हङकङ, बंगलादेश, पाकिस्तान, सिंङ्गापुर, इरान, साउदी अरेविया, ताइवान लगायतले सहभागितामा जनाएका थिए । यो प्रतिालयोगितामा नेपालको तर्फवाट राष्ट्रिय तेक्वान्दो संघ नेपालको टोलीले प्रतिस्पर्धा गरेको थियो ।

सातौं तीरक तेक्वान्दो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा राष्ट्रिय तेक्वान्दो संघ नेपालले ३ स्वर्ण, ४ रजत र ३ काँश्य पदक जित्न सफल भएको छ । जस्मा पुम्सेतर्फ मदन विक, क्योरोगीतर्फ संजय पुनः र सुनिता तामाङले स्वर्ण पदक जितेका थिए । ति तीनजना खेलाडीले फाइनलमा क्रमम थाइल्याण्ड, भारत र इण्डोनेसियाका खेलाडीलाई पराजित गरेका थिए ।

त्यस्तै पुम्सेतर्फ संजय पुनले रजत र क्योरोगी तर्फ शुक्र विक, विबेक विक र रोशन नेपालीले रजत पदक जितेका थिए । यसैगरि क्योरोगी तर्फ विनिता घिमिरे, मदन विक र करण कोईराला र पुम्सेतर्फ विवेक विकले काँश्य पदक जितेका थिए ।

विजेता खेलाडीहरुलाई आयोजक कमिटीकि अध्यक्ष मिस तीरक सिनारोङले पुरस्कार वितरण गरेकि थिइन् । सो अवसरमा विश्व तेक्वान्दो प्रधान कार्यालय ‘कुकिवान’ र विश्व तेक्वान्दोका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

पुरस्कार वितरण समारोहमा राष्ट्रिय तेक्वान्दो संघका पदाधिकारीहरुले अध्यक्ष तीरक सिनारोङलाई बधाई दिदै मायाको चीनो प्रदान गरेका थिए ।
नेपालले सातौं तीरक तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेपछि संघका पदाधिकारी ध्रुवबहादुर गुरुङ, हरिबहादुर बुढाथोकि र राजकुमार कार्कीले खुशी व्यक्त गर्दै मकाउमा आयोजना हुन गैरहेको माकाउ ओपन अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनमा अझैं राम्रो प्रदर्शन गर्ने दावी गरे । उक्त टोलीको प्रमुख प्रशिक्षकको भूमिकामा राखेपका वरिष्ठ प्रशिक्षक ध्रुबवहादुर गुरुङ, व्यवस्थापकमा हरिवहादुर बुढाथोकि र टोली प्रमुखको रुपमा राजकुमार कार्की रहेका थिए ।