गोरखामा भाइरल ज्वरोको प्रकोप, एकको मृत्यु,

गोरखामा भाइरल ज्वरोको प्रकोप, एकको मृत्यु,


गोरखाको धार्चे गाउँपालिका–७ लापु गाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । लगातार रुपमा फैलिएको ज्वरो, रुघाखोकीको प्रकोपले एक जनाको मृत्यु समेत भएको छ ।

भाइरलका कारण दुई सयभन्दा बढी स्थानिय बिरामी परेका छन् । भाइरल ज्वरोका कारण ५० वर्षिया पनमानी गुरुङको शनिबार बेलुकी निधन भएको बताइएको छ । रु

गाउँमा घरघरै बिरामी भएकाले उपचार गर्न स्वास्थ्य संस्था पुग्न पनि नसकिएको लापुको शान्ति प्राथमिक विद्यालयका प्रधानाध्यापक वीरबल गुरुङले बताए । उनका अनुसार गाउँको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी समेत बिरामी परेका छन् ।

स्वास्थ्य संस्थामा पर्याप्त औषधि नभएको गुनासो गर्दै गुरुङले भने, ‘गाउँमा औषधि र थप स्वास्थ्यकर्मी पठाउन जिल्लामा अनुरोध गरेपनि कुनै सुनुवाइ भएको छैन् ।’