प्रतिबन्धित सालकको खपटा तस्करी गर्ने ३ जना नियन्त्रणमा

प्रतिबन्धित सालकको खपटा तस्करी गर्ने ३ जना नियन्त्रणमा


प्रतिबन्धित तथा संरक्षणको सूचिमा रहेको दुर्लभ वन्यजन्तु सालकको खपटासहित लिएर हिँडिरहेको अवस्थामा तीनजनालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले धादिङको आदमघाटबाट पक्राउ गरेको छ ।

खपेटा बिक्रीका लागि गाउँबाट लैजाँदै गर्दा गजुरी गाउँपालिकाअन्तर्गत आदमघाटबाट ब्यूरोको टोलीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

राससका अनुसार पक्राउ पर्नेमा गजुरी गाउँपालिका–७ का झंकबहादुर अधिकारी, भीमबहादुर पण्डित र रामजी भुजेल रहेका छन् ।

लोपोन्मुख जनावरको खपटा बोकेको आरोपमा पक्राउ परेकालाई वन्यजन्तु ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।