अन्ततः देवीको शरणमा प्रचण्ड

अन्ततः देवीको शरणमा प्रचण्ड


आफ्नी छोरीले हराएकी एमाले चितवनका नेता देवी ज्ञावलीको शरणमा माओवादी अध्यक्ष प्रचण्ड पुगेका छन् । उनि देवीको शरणमा मलाई चुनाव जिताइदेऊ भन्दै पुगेका हुन् ।

चितवनबाट चुनावमा उठ्ने तयारीमा रहेका प्रचण्डलाई जसरी पनि देवीलाई खुशी पार्नु नै छ । स्थानिय तहको निर्बाचनमा देवी प्रचण्ड पुत्रीबाट झिनो मतले हारेका थिए । प्रचण्डले छोरी जिताउन अनेक उपाय अपनाएर देवीलाई हराएका थिए ।

पछिल्लो समय प्रचण्डले चितवनबाट चुनाव लड्नको लागि पार्टीको विभिन्न च्यानलबाट कुरा गरेर देवीलाई आफ्नो पक्षमा वोल्न लगाएका छन् । प्रचण्डले त्यसबाट पनि चित्त नबुझेर एमाले अध्यक्ष केपी ओलीसँगै राखेर पनि ज्ञवालीसँग कुरा गर्न भ्याएका छन् ।

स्रोतका अनुसार स्थानिय चुनावको तीतो मिठो सबै विर्सेर सहयोग गर्न प्रचण्डले देवीसँग आग्रह गरेका थिए ।

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट एमालेको उम्मेदवार बनेका देवी ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवनबाट विजयी गराउनु आफ्नो जिम्मेवारी भएको बताएको भोलिपल्ट वालकोटमा भएको यो वार्ताले अब उनको विगतको भडास पनि मेटिएको होकी भन्ने देखिएको छ ।