दीपक मनाङ्गेलाई समर्थन गर्दै मनाङमा एमालेको उम्मेदवारी फिर्ता

दीपक मनाङ्गेलाई समर्थन गर्दै मनाङमा एमालेको उम्मेदवारी फिर्ता


मनाङको प्रदेश सभा सदस्य ‘ख’ की एमाले उम्मेदवार खण्डा लामा गुरुङले आफ्नो उमेदवारी फिर्ता लिएकी छिन् ।

स्वतन्त्र उमेदवारी दिएका गुण्डा नाइके दीपक मनाङ्गेलाई सघाउने भन्दै उनले आफ्नो उमेदवारी फिर्ता लिएकी हुन् ।

एमालेले प्रदेशसभामा मनाङ्गेको नाम सिफारिस गरेको थियो । तर, चौतर्फी आलोचना भएपछि टिकट दिइएन ।लगतै मनाङ्गले स्वतन्त्र उम्मेदवारी दिए । बुधबार एमालेले उम्मेदवारी फिर्ता लिएको छ ।

अब कांग्रेस उम्मेदवार कर्मा गुरुङ र मनाङेबीच प्रतिस्पर्धा हुनेछ । मनाङे केही समयअगाडि मात्रै राप्रपा छोडेर एमाले प्रवेश गरेका थिए ।