हरेक चुनावमा पार्टी फेर्ने विमल श्रीस्वास्तव अब फोरमतिर 

हरेक चुनावमा पार्टी फेर्ने विमल श्रीस्वास्तव अब फोरमतिर 


हरेक चुनावका बेला दल फेर्दै आएका विमल श्रीवास्तव अब संघीय समाजवादी फोरममा जाने भएका छन् । वीरगञ्ज महानगरपालिकाको मेयरको टिकट नदिएपछि उनी राजपा छाडेर फोरम लोकतान्त्रिकमा प्रवेश गरका थिए ।

तर, मेयरमा नराम्रोसंग पराजित भएलगत्तै उनले पार्टी छाडेर प्रवेश गर्ने हल्ला चलेको थियो तर त्यहाँ उनलाई खासै कुनै महत्व नदिएपछि उनी अब भने संघिय फोरम तिर लागेका हुन् ।

बुधबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर श्रीवास्तवले संघीय फोरममा प्रवेश गर्ने घोषणा गरेका हुन् । उनलाई पार्टीमा प्रवेश गराउन फोरम अध्यक्ष उपेन्द्र यादव शनिबार वीरगञ्ज आउनेछन् ।

चार पटकसम्म वीरगञ्जको मेयर भएका उनी पहिलो संविधानसभा निर्वाचनमा राप्रपाबाट र दोश्रोमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट पर्सा १ मा चुनाव लडेका थिए ।

स्रोतका अनुसार उनी प्रतिनिधिसभा सदस्यका लागि पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने सर्तमा फोरम प्रवेश गर्न लागेका हुन् ।