नेपाल लोकतान्त्रिक फोरमका बिद्रोही नेता भनिएका सहअध्यक्ष शिवलाल थापा समूह संघीय समाजवादी फोरमको चुनाव चिह्न ‘मसाल’लिएर निर्वाचनमा सहभागी हुने भएको छ ।
संघीय फोरम अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका सहअध्यक्ष थापाबीच आगामी निर्वाचनमा सहकार्य गर्दै मसाल चिह्नबाट चुनाव लड्ने बुधबार सहमति भएको हो ।
लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार केही नेता लिएर नेपाली कांग्रेस फर्किए पनि थापा समूह एकतामा गएको थिएन ।
थापा समूहमा तत्कालीन राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), दलित जनजाति पार्टी, नेपाल नागरिक पार्टीलगायतका नेताहरु छन् । ती दलका नेताहरु गत चैतमा लोकतान्त्रिक फोरममा सहभागी भएका थिए ।
हेर्नुहोस् सहमति पत्र :

प्रतिक्रिया