म्यादी प्रहरीमा आवेदन दिएकामध्ये ३ सय अनुपस्थित

म्यादी प्रहरीमा आवेदन दिएकामध्ये ३ सय अनुपस्थित


म्यादी प्रहरीमा सहभागी हुनका लागि लमजुङमा आवेदन दिएका ३ सय जना अनुपस्थित भएका छन् । आगामी मंसिर १० र २१ गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सुरक्षाको लागि खटिन चाहेका उनीहरु छनोट प्रक्रियामा र लिखित परिक्षामा नै उपस्थित नभएका हुन् ।

लमजुङमा म्यादी प्रहरी बन्नका लागि २ हजार १३ जनाको आवेदन परेको थियो । जसमा १ हजार ६ सय १७ जना पुरुष र महिला ३ सय ९६ जना महिलाले आवेदन दिएका थिए । प्रहरीले मंगलबार शारिरिक र स्वास्थ्य परिक्षणको नतिजा सार्वजानिक गरेसँगै बुधबार लिखित परिक्षा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक गौरव महतका अनुसार आइतबार र सोमबार भएको छनोट पक्रियाबाट १ हजार ४ सय ९९ जना शारिरिक तथा स्वास्थ्य परिक्षणमा उत्र्तिण भएका छन् । जसमा ३ सय २३ जना महिला र एकहजार १ सय ७६ जना पुरुष शारिरिक र स्वास्थ्य परिक्षणमा उत्तीर्ण भएका थिए । त्यसमध्ये २ सय ३५ जना शारिरिक तथा स्वास्थ्य परिक्षणमा अनुतिर्ण भएको प्रहरीले जनाएको छ ।

प्रतिनिभि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि लमजुङमा ९ सय ३९ म्यादी प्रहरीको माग छ ।