गुण्डा नाइके मनाङेले यसरी पाए टिकट, एमालेभित्रै चर्को विवाद

गुण्डा नाइके मनाङेले यसरी पाए टिकट, एमालेभित्रै चर्को विवाद


हिमाली जिल्ला मनाङमा एमालेको इतिहास त्यती लामो छैन् । विगत डेढबर्ष यता मात्रै मनाङमा एमालेको चहलपहल शुरु भएको हो । त्यो भन्दा पहिले जिल्लामा टाउको गन्न सकिने अवस्थामा एमालेको संगठन थियो ।

नेपाली राजनौतिक इतिहासमा मनाङमा कम्युनिष्ट शब्द शुन्न पनि पाइदैन्थ्यो । एउटै मात्र कारण थियो जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता मात्रै थिए । राष्ट्रिय राजनितिमा राप्रपाको क्रेज घट्दै गएपछि तिनै नेता तथा कार्यकर्ताहरु फाट्टफुट्ट रुपमा राप्रपा छाडेर कांग्रेस, एमाले र माओवादीमा आउन थाले । मनाङमा जन्मजात एमाले भने भेट्टाउन मुश्किल नै पर्छ ।

पहिलो संविधान सभाको निर्बाचनमा माओवादीले मनाङमा जितेपनि त्यसभन्दा अघि र पछिका चुनावहरुमा राप्रपा र कांग्रेसले नै जित्दै आएको थियो । गत स्थानिय निर्बाचनमा भने कांग्रेस र एमालेले २–२ स्थानिय तह जिते । जहाँ मनाङमा ४ वटा गाउँपालिका रहेका छन् ।

अन्य पार्टीको तुलनामा मनाङमा विद्युत, खानेपानी, मोटरबाटो, संचार, पर्यटन विकास लगायत क्षेत्रको विकासमा नेपाली कांग्रेसको अतुलनीय योगदान छ । मनाङमा पाल्तेन गुरुङ, कोमल घले र टेकबहादुर गुरुङले पु¥याएको योगदान ठूलो छ । जुन विकास राप्रपा र माओवादीले गर्न सकेन् । अहिले मनाङमा बर्षेसाल लमजुङकै हाराहारीमा विकास बजेटहरु गइरहेका छन् ।

जिल्लामा पछिल्लो समय राप्रपा छाडेर एमाले प्रवेश गरेकाहरु एमालेको राजनितिमा लागि परेका छन् । एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको खोक्रो नारा लगाइरहँदा दीपक मनाङेजस्ता गुण्डा नाइकेलाई घुमाउरो बाटो हुँदै प्रदेश सभाको टिकट दिएपछि मनाङमा धेरै पहिलेदेखि एमालेमा प्रवेश गरेकाहरु पार्टीसँग रुष्ट भएका छन् । उता मनाङेलाई टिकट दिदाँ पार्टीले गुण्डाहरुलाई टिकट नदिने भनेको अडान केवल भनाईमा मात्रै सिमित भयो ।

मनाङे एक महिना अघि मात्रै एमालेमा प्रवेश गरेका हुन् । एमाले मनाङका अध्यक्ष पोल्देन छोपाङ गुरुङले मनाङेलाई प्रदेश सभाको उम्मेदवारका लागि क्षेत्रमा उम्मेदवार सिफारिस गरी पठाएका थिए । गुरुङले कांग्रेसलाई हराउनका लागि जसरी पनि मनाङेलाई एमालेको बागी उम्मेदवार उठाएर कांग्रेसको भोट काट्ने रणनिति बनाएका थिए । तर एमाले केन्द्रले बागीलाई कार्बाही गर्ने भनेपछि रणनितिबाट जिल्ला अध्यक्ष गुरुङ फेल भए । र उनले जसरी पनि मनाङेलाई टिकट दिनुपर्छ भनेर अडान लिएपछि ओलीले खाण्डा लामाको उम्मेदवारी झिक्न लगाएर मनाङेलाई स्वतन्त्रबाट उठाउन लगाएको हो ।

एमालेले गुण्डालाई टिकट दिदाँ नेपाली राजनीति नराम्रोसंग पराजित भएको छ । नेपाली राजनीतिको संस्कार छताछुल्ल भएको छ । भ्रष्टाचारीले निश्चित सजाय पाएपछि उम्मेदवार बन्न पाउनु पर्ने भनी राखिएको प्रस्तावले ठूलै कोकोहोलो मच्यायो । तर यहाँ प्रत्यक्ष भ्रष्टाचारीलाई नै संरक्षण गर्ने र गुण्डागिर्दीबाटै ठेक्कापट्टा हत्याउने, शुसासन लत्याउने र समाजलाई त्रसित बनाउने व्यक्ति उम्मेदवार हुँदा एमाले नेताहरुको शीर उँचो हुनुपर्ने ?

गुण्डागिरी प्रवृत्तिले राजनीति गर्दै आएको एमालेको हैसियत कहिल्यै माथि उठ्ला ? चिल्ला कुरा गरेर दंग पार्दैमा मुलुकको विकास सम्भव छ ? आफूलाई मुलुक सम्हाल्ने पार्टी भएको दावी गर्न के यही तरिकाले सुहाउँला ? तसर्थ, यहाँ एमालेले आफ्नो हैसियत देखाएको छ ।

मनाङेको उम्मेदवारीले एमालेको भित्री कुरो अझ बढी खुलेको छ । सीधै उम्मेदवार बनाउँदा विरोध हुन्छ भन्ने डरले स्वतन्त्र उम्मेदवारी दिन लगाउने अनि आफ्नो आधिकारिक उम्मेदवारलाई खाण्डा लामालाई उम्मेदवारी फिर्ता लिन लगाउने केपी ओलीको असली चरित्र पनि राजनीतिक वृत्तमा देखिनु भोलिका दिनका लागि गम्भीर विषय बन्ने छ ।

कांग्रेसबाट राप्रपा सरेका मनाङे जसरी पनि ठूलो पार्टीमा गएर सेप्रे लाग्नु नै थियो । उनलाई अझै पनि डर छ की समय कस्तो आउँछ । त्यसैले उनले राप्रपा त्यागेर फेरी एमालेमा गए । यहीनेर प्रष्ट हुन्छ की उनि कुन पार्टीमा कति महिनासम्म बसे । त्यसैले महिना दिन पनि पार्टीमा बस्न नसक्ने मनाङे जस्ता ब्यक्तिलाई एमाले नेतृत्वले प्रदेश सभाका लागि टिकट दिनु पैसाकै खेल हो भन्ने बुझिन्छ ।