४५ जिल्लामा आज निर्वाचन कार्यालय स्थापना गरिदै

४५ जिल्लामा आज निर्वाचन कार्यालय स्थापना गरिदै


४५ जिल्लामा मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिदैछ । निर्बाचन आयोगले आज दोस्रो चरणको निर्बाचन हुने जिल्लाहरुमा कार्यालय स्थापना गर्न लागेको हो ।

आयोगका अनुसार आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि कार्यालय स्थापना गरेर काम अघि बढाउन लागिएको हो ।

आगामी मंसिर २१ गते ४५ जिल्लामा दोस्रो चरणको निर्बाचन हुँदैछ ।