धादिङमा सडक दुर्घटना, २ को मृत्यु

धादिङमा सडक दुर्घटना, २ को मृत्यु


शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी २ जनाले ज्यान गुमाएका छन् ।

काठमाडौंबाट नौबिसेतर्फ गइरहेको बा ८२प ७७९७ नम्बरको मोटरसाइकल र धादिङको जुँगेखोलाबाट काठमाडौंतर्फ आउँदै गरेको ट्रिपर धुनीबेसी–९ स्थित खानीखोलामा आपसमा ठोक्किदाँ २ जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा काठमाडौं बबरमहल निवासी २२ वर्षीय रामेश्वर सिलवाल र त्रिपुरेश्वर निवासी २३ वर्षीय सलिन तुलाधर रहेका छन् ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बिहान साँढे आठ बजेतिर दुर्घटना भएपनि दुर्घटनाको कारण भने खुलेको छैन् ।