कार्तिक तेस्रो साता पोखरामा खुल्ला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

कार्तिक तेस्रो साता पोखरामा खुल्ला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने


पर्यटकिय नगरी पोखरामा कार्तिक तेस्रो साता खुल्ला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरामा क्रिकेट खेलको विकास एवम प्रवद्र्धन गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

पोखरेली कृयाशिल क्रिकेट खेलाडी र खेल प्रेमीहरुद्वारा गठित राइजिङ्ग पोखरा क्रिकेट एकेडेमी तथा लेखनाथस्थित योङ्ग स्टार क्लवको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको छ । प्रतियोगिता कार्तिक २१ देखि २५ गते सम्म संचालन हुने छ ।

पत्रकार भेटघाटमा राइजिङ्ग पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष एवम राष्ट्रिय खेलाडी करण केसीले प्रतियोगितामा १६ टिमको सहभागिता रहने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख २५ हजार ४ सय ५६ र द्वितिय हुनेले ५४ हजार ३ सय २१ नगदका साथमा ट्रफी र मेडल प्राप्त गर्ने छन ।

आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ दि सिरिजलाई नगद ५ हजार ५ सय ५५ प्रदान गरिने छ भने म्यान अफ दि म्याच, वेष्ट वोलर र वेष्ट व्याट्स्म्यानलाई समेत नगद र ट्रफी प्रदान गरिने छ ।

प्रतियोगिताका सम्पुर्ण खेलहरु पोखरा रंगशाला र नगर प्रशिक्षण केन्द्र नदिपुरको क्रिकेट खेल मैदानमा संचालन गरिने छ । उक्त प्रतियोगिता बहिरा क्रिकेट संघ कास्की र सरिता गुरुङ फाउन्डेशनको सहयोगार्थ संचालन गरिने प्रतियोगिताका संयोजक सुमित शेरचनले बताए ।