राष्ट्रिय तेक्वान्दो टिमलाई मकाउका भव्य स्वागत

राष्ट्रिय तेक्वान्दो टिमलाई मकाउका भव्य स्वागत


– श्रीविक्रम भण्डारी (मकाउ)

मकाउ ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०१७ आज कार्तिक ११ गते शनिबारदेखि सुरु भएको छ । मकाउ ओपन च्याम्पियनसिपमा आयोजक मकाउसहित आठ राष्ट्रले सहभागिता जनाएका छन् । सहभागिता जनाउने राष्ट्रहरूमा नेपाल, मलेसिया, हङकङ, चीन, नाइजेरिया, मंगोलिया र चाइनिज ताइपेई रहेका छन् ।

मकाउ ओपन तेक्वान्दो च्याम्पिनसिपमा प्रतिस्पर्धा गर्न असोज ११ गते राष्ट्रिय तेक्वान्दो संघ नेपालको टोली मकाउ पुगेको छ । उक्त टोलीलाई मकाउ अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक कमिटी सदस्य, पूर्व तेक्वान्दो, कराते र बक्सिङ खेलाडी र मकाउमा विभिन्न पेशामा कार्यरत नेपालीहरूले स्वागत गरेका थिए ।

स्वागत गर्नेहरुमा रमेशजंग थापा, पूर्णबहादुर श्रेष्ठ, शंकर धमला, राजन खत्री, अमिर जोशी, विष्णु श्रेष्ठ, सुदर्शन थापा, गोपाल भण्डारी, राजु नगरकोटी, देउकाजी गुरुङ, राजीव थापा, विष्णु धिताल, रामचन्द्र घिमिरे, सुरेशजंग थापा र ग्य्राण्ड मास्टर तुलसी गुरुङले खेलाडी तथा अफिसियललाई विशेष स्वागत गरेका थिए । त्यस्तै नवनिर्वार्चित एनआरएन अध्यक्ष शान्ति अधिकारीले सहभागि टोलीलाई स्वागत गर्दै विजयको शुभकामना दिनुभएको थियो ।

उदघाटन समारोह शुभारम्भसंगै पुम्सेका खेलहरु सुरु भएका छन । भोली असोज १२ गतेदेखि क्योरोगीमा पनि प्रतिस्पर्धा शुरु हुनेछ । च्याम्पियनसिप असोज १४ गते सम्म संचालन हुनेछ । मकाउ ओपन च्याम्पियनसिपको यो पहिलो संस्करण हो ।

नेपाली टोलीलाई आवास तथा भोजनको व्यवस्था मकाउमा लामो समयदेखि कार्यरत पूर्व तेक्वान्दो खेलाडी तथा समाजसेवी रमेशजंग थापा, पूर्णबहादुर श्रेष्ठ र शंकर धमला गर्नुभएको छ । मकाउ ओपन च्याम्पियनसिपमा नेपालले पुम्से र क्यारोगीमा सहभागिता जनाएको छ ।