लण्डन । पेन्शनको मुद्धा लिएर सयौ हजारको संख्यामा बेलायतका सरकारी कर्मचारीहरु आज २४ घन्टे आम हडतालमा उत्रेका छन् । सरकारले हालको पेन्शन स्किम बेलायतका मानिसहरुको औसत बाँच्ने आयुसीमा लामो हुँदै गएकोले सेवा निवृत्तका लागि उमेरको हिसाब कम भएको र असान्दर्भिक रहेको कुरा भन्दै आएको छ । तर, युनियनहरुले यसकुरालाई गलत ठहर गर्दै आएका छन् । लामो समयसम्म काममा लगाउने तर पेन्शन रकमचाँहि कम दिने योजना रहेको आरोप युनियनहरुले लगाएका छन् ।
यसैबीच बेलायत र वेल्शका जेल कर्मचारीहरु पनि यसै विषयलाई लिएर हडतालमा उत्रेका छन् । सरकारले ती जेल कर्मचारीहरुको कार्यलाई गैर कानूनी कदम भनेको छ । २४ घन्टे हडतालमा सामेल भएका कर्मचारीहरुमा नागरिक सेवाका कर्मचारीहरु, प्यारामेडिक्स लगायत एनएचएसका कर्मचारीहरु, अध्यागमन विभागका कर्मचारीहरु, शिक्षकहरु र प्रहरी सेवाका बत्तीस हजार कर्मचारीहरु कटौतिको विरोधमा हडतालको र्यालीहरुमा सामेल छन् । युनियनहरुका नेतृत्वपंक्तिले चारलाख कर्मचारीहरु हडतालमा सामेल भएको कुरा व्यक्त गरेका छन् भने सरकारी श्रोतबाट केवल एकलाख जति विरोध र्यालीमा सामेल भएको कुरा सम्प्रेषन् गरेको छ । पीसीएस युनियनका महासचिव मार्क सरवोटकाले बहुसंख्यक दुईलाख पचास हजार कर्मचारीहरु हडतालमा उत्रेका कुरा बीबीसी-५लाई बताएका छन् । उनले… हामीले धेरै पैसा सरकारलाई पेन्शनको रुपमा तिर्छौं, तर, ती पैसा मध्येका एक पेनी पनि हाम्रो पेन्शनमा झरेको हुँदैन … भनेका छन् । पेन्शन कटौतिका विषयलाई प्रायः सबै युनियनहरुले स्वीकार गरेका छैनन् । सरकारले विस्तारै सेवा निवृत्त हुने उमेर बढाउँदै ६८वर्षसम्म पुर्याउने योजना बनाएको छ । सरवोटकाले पश्चिमी युरोपेली राष्ट्रहरुमा बेलायत सबैभन्दा पेन्शनका लागि लामो उमेरसम्म सेवागर्ने राष्ट्रको रुपमा पर्न गएको छ भनेका छन् । आजको हडतालको कारणबाट विभिन्न सरकारी निकायमा यसले प्रत्यक्ष प्रभाव पारेको छ । इङ्गल्याण्ड र वेल्शका प्रिजन अफिसर्स एसोसिएशनले बिहान सातबजेदेखि न्यूनतम जेल सेवा दिने गरी हडतालमा सामेल हुने निर्देशन सदस्यहरुलाई दिएको थियो । जेल कर्मचारीहरुले सरकारलाई ६८ वर्षसम्मको सेवा निवृत्त उमेर अस्वीकार रहेको कुरा जनाउनलाई हडतालमा सामेल भएको कुरा जाहेर गरेको छ । हिजो महारानी एलिजाबेथ द्वीतीयको वक्तव्यमा पेन्शनसम्वन्धी सरकारले विस्तारै सुधार गर्दै लैजाने कुरा उल्लेख भएको थियो । श्रोत – बीबीसी, सुमल, मेस ।
प्रतिक्रिया