लण्डन । गत ६ मे आइतबारका दिन, विहान स्टार टीभी तथा दूर्रदर्शन टीभीको माध्यमबाट हिन्दी सिनेमामा निक्कै प्रसिद्धी कमाएका अभिनेता आमीर खानले आफ्नो एक टीभी कार्यक्रममा सामाजिक कूपरम्पराको विरुद्ध एक प्रकारले आन्दोलन नै शुरु गरेका छन् । सत्यमेव जयते शीर्षक दिएर तयार गरिएको सो कार्यक्रम टक-सो भए तापनि उक्त कार्यक्रमलाई एक उत्कृष्ठ विश्लेषणात्मक टीभी पत्रकारिता भनिएको छ । राम्रो अध्ययनलाई आधार बनाएर तयार गरिएको उक्त कार्यक्रमले सदियौंदेखि भारतमा एक आतंकको रुपमा वा एक सामाजिक कूप्रथाको रुपमा फैलिँदै आएको स्त्रीभ्रुण हत्याको बारेमा प्रत्यक्ष रुपमा भुक्तभोगीहरुलाई उपस्थित गराइएको छ । मानवीय मनोभावलाई सजिलै पक्रिन सफल कार्यक्रमले दर्शकहरुलाई सजिलै रुवाउन सक्षम हुन्छ । कार्यक्रममा आमीर खानले उक्त कार्यक्रमले कसैलाई दोष दिई अपराधी भनाउने नभई समाजमा विद्यमान उक्त समस्यालाई जनतामाझ लाने अनि त्यसैगरी समाधानको लागि संयुक्त रुपमा लागेर प्रयास गर्ने भनेजस्तै राजस्थानी सरकारलाई जनताको साथज पाएर दबाव हिजो वुधबारका दिनमा दिन सक्षम भएकाछन् ।
प्रसिद्धीले कमाइ हुने शक्तिलार्य जिम्मेदारीको रुपमा लिँदै त्यही शक्तिलाई साधनको रुपमा प्रयोग गरी समाजमा अगाडि आउने काम खासगरी प्रसिद्ध व्यक्तिहरुले गर्नुपर्ने आफ्नो कार्यक्रमबाट दिन आमीर सफल भएका छन् । धेरै सोंचेर मात्र काम गर्ने आमीरको उक्त प्रयास अहिले पूरा भारतलगायत अन्य मुलुकहरुमा एक उत्तम उदाहरणको रुपमा हेरिएको छ । भारतीय सामाजिक उक्त भ्रुण हत्याको कोढ नेपालमा फैलिएको छ । त्यर्सथ हामी नेपालीहरुले हेर्नै पर्ने कार्यक्रमको रुपमा आमीर खानको सत्यमेव जयते शीर्षकको कार्यक्रम पढ्दछ, जुन हरेक आइतबार विहान प्रशारण हुन्छ । गत हप्ताको कार्यक्रमको लागि तलको भीडीयोमा हेर्न सकिन्छ ।-नीर, मेस
http://youtu.be/NG3WygJmiVs
प्रतिक्रिया