पुरुष समलिङ्गी विवाह -बराक ओबामाद्वारा समर्थन

पुरुष समलिङ्गी विवाह -बराक ओबामाद्वारा समर्थन


लण्डन । धेरै अघिदेखि विवादित पुरुष समलिङ्गी विवाहलाई अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नो समर्थन जनाएका छन् । यस विषयमा आफ्नो धारणा “द भ्यु”मा व्यक्त गर्नुअघि व्हाइटहाउसका अधिकारीहरुले यसबारे मिश्रति धारणा व्यक्त गरेका थिए । कतिपयले डेमोक्रेटिक कन्भेन्शन् हुनुअघि ओबामाले समलिङ्गी विवाहबारे आफ्नो अभिव्यक्ति व्यक्त गर्ने कुरा बताएका थिए । राष्ट्रपतिले मिडियामार्फत आफ्नो समर्थन जनाउनुअघि अमेरिकी उपराष्ट्रपति जो बिडेनले आफू पुरुष समलिङ्गीहरुको विवाहका लागि सकारात्मक र आफूलाई केही आपत्ति नरहेको कुरा जाहेर गरेका थिए । त्यसपछि सरकारमा रहेका अन्य मन्त्रीहरु र वरिष्ठ अधिकृतहरुले पनि समलिङ्गी विवाहसम्बन्धी आफूहरु सकारात्मक रहेको कुराहरु प्रकाश गरिसकेका थिए । यी टिकाटिप्पणीहरुलाई समान विवाह अधिकारका लागि अभियानमा लागेका वकीलहरुले सञ्चार माध्यममार्फत सम्प्रेषन गरेर राष्ट्रपतिलाई आफ्नो धारणा व्यक्त गर्ने कुरामा अटल रहने सुझाव दिएका थिए । कतिपय रिपब्लिकन पार्टीका नेताहरुले समेत समलिङ्गी विवाहलाई समर्थन गरेका छन् । यी वरिष्ठ नेताहरुमा रिपब्लिकन पार्टीका पूर्व राष्ट्रपति डिक चेनी र पूर्व प्रथम महिला लाउरा बूश पनि रहेकी छिन् । यस समर्थनबाट समलिङ्गी समुदायका सहयोग ओबामाले प्राप्त गर्ने कुरामा अश्वस्त छन्, तर, डेमोके्टिक पार्टीभित्रका केही वरिष्ठ नेताहरु उपराष्ट्रपति जो बिडेनले यस मामलालाई पहल गरि ओबामालाई यस र्समर्थन्मा अघि ल्याएको कुरामा रुष्ट छन् । ओबामाको यो ऐतिहासिक समर्थनले अब फेरि हुन गइरहेको राष्ट्रपति चुनावको अभियानमा फन्डराइजिङ प्रबर्धन गर्ने कार्यक्रमलाई सघाऊ पुग्ने बताएका छन् । बराक ओबामाको यो कदमलाई अमेरिकी जनताले उनको ठूलो उपलब्धि र ऐतिहासिक कदम मानेका छन् । श्रोत – नेट, सुमल, मेस ।