हंगकंग । हिजो १३ तारिख,जोर्डनस्थित इण्डिया क्लवमा तमू प्लेल्हु संघ, हंगकंगले पाँचौ अधिवेशन तथा नवौं वार्षिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । तमू प्येल्हू संघले यो पटकको नयाँ कार्यसमिमितमा नयाँ पुस्ताको हातमा संस्थालाई सुम्पिएको छ । जसअनुसार, गितेन्द्र तमू अध्यक्षमा, सचविमा भोजेन्द्र तमू, कोषाध्यक्षमा पिताम्बर तमू सर्वसम्मतिमा चुनिएका छन् । पूर्व अध्यक्ष सोम गुरुंगबाट फूलको गुच्छा नयाँ कार्यसमितिलाई दिलाएर वधाइ दिँदै समिति हस्तान्तरण गरिएको थियो ।
विभिन्न साँस्कृतिक कार्यक्रमहरुको साथ आयोजना गरिएको सो कार्यक्रममा सहभागीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।-तस्वीरसहित याम तमू, मेस
Please click here to view the album
प्रतिक्रिया