मिस्टर युनिभर्सद्वारा नेक्स्ट लेभल जिमको उद्घाटन

मिस्टर युनिभर्सद्वारा नेक्स्ट लेभल जिमको उद्घाटन


‘स्वस्थ नागरिक राष्ट्रको आवश्यकता’ भन्ने नारालाई मूर्तरुप दिन राजधानीमा नेक्स्ट लेभल जिम तथा फिटनेश संचालनमा आएको छ । आज विहिबाार एक कार्यक्रमबीच मिस्टर युनिभर्स, मिस्टर इण्डिया तथा मिस्टर महाराष्ट्र संग्राम चौग्यलले उक्त फिटनेश सेन्टरको उद्घाटन गरे । फिटनेस सेन्टरको उद्घाटन चौग्यलले सो अवसरमा नेपालीहरूबाट पाएको आतिथ्यताबाट आफु गौरवान्वित भएको बताए ।

नागार्जुन नगपालिका ठुलो भ¥याङमा सञ्चालनमा आएको फिटनेस सेन्टरबाट शारिरीक सुगठनमा लाग्ने र स्वस्थ हुन चाहनेले लाभ लिन सक्ने आयोजकले जनाएको छ । करिब १ करोड १० लाखको लगानी रहेको फिटनेस सेन्टरमा चार लगानीकर्ता महेश महर्जन, मिलन अधिकारी, अरुण कुमार प्रधान र पासाङ पाख्रिनको लगानी गरेका छन् । फिटनेसमा अत्याधुनिक शारिरीक सुगठनको सामग्री उत्पादन गर्ने कम्पनी फिटलाईनको उपकरण तथा सामग्री राखिएको छ ।

उद्घाटनकै क्रममा विश्वमा शारिरीक सुगठनको इभेन्ट म्यानेजमेन्टमा ख्याती कमाएको कम्पनी बढी पावरका सिईओ निक अर्टन लगायत प्रतिनिधिको समेत उपस्थिति रहेको थियो । निकले २९ देशमा आफ्नो कम्पनीले शारिरीक सुगठनको ईभेन्ट अर्गनाईज गरिसकेको भन्दै नेपाल अव ३० औं देश हुने बताए ।

शारिरीक सुगठन क्षेत्रमा नेपालले विश्व एरिनमा आफ्नो पहिचान बनाउँंदै आएको छ । हालै मात्र दिल्लीमा आयोजित विश्व पावरलिफ्टिङ्ग च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले एक स्वर्ण, एक रजत र एका कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।