लण्डन । इरानी राष्ट्रिय सञ्चार विभागले दुईवर्षअघि तेहरानमा एकजना अणविक वैज्ञानिकलाई हत्या गरेको आपराधीलाई झुण्ड्याएर फाँसीको सजाए दिएको समाचार प्रकाश पारेको छ । जनवरी २०१०मा २४ वर्षीय माजिद जमाली फाँसीले प्रोफेसर मासूद अलि मोहम्मदीको घर बाहिर बम विष्फोटन गरेर उनलाई हत्या गरेको आरोप सिद्ध भएको थियो । फाशीलाई इजरायली जासूसी विभाग मोस्सादको लागि काम गर्दै आएको आरोप थियो र प्रोफेसर मासूदलाई हत्या गर्नको लागि उनलाई ७२ हजार पाउण्ड रकम दिएको कुरा अदालतको सुनवाइमा जाहेर गरेको थियो । इजरायलले यस आरोपलाई अझसम्म खण्डन गरेको छैन । इरानको इरना समाचार एजेन्सीले …मोस्सादको जासूस माजिद जमाली फाँसी जसले हाम्रो राष्ट्रका आणविक वैज्ञानिक, प्रोफेसर मासूद अलि मोहम्मदीलाई हत्या गरेका थिए उनलाई मंगलवार बिहान भुण्ड्याएर फाँसीको सजायँ दिएको छ …. भनेर समाचारहरुमा प्रकाशित गरेको छ । प्रोफेसर मासूद अलि मोहम्मदी तेहरान युनिभर्सिटीमा पार्टिकल फिजिक्स पढाउने प्रोफेसर थिए । विगत केही वर्षभित्र इरानका हाइ प्रोफाइल आणविक वैज्ञानिकहरुका हत्यामध्येको उनको हत्या पनि यो एउटा हो । आफ्नो अणविक प्रोग्रामलाई बिथोल्न इजरायल र अमेरिका लागी परेको कुरा इरानले भन्दै आइरहेको छ । यी दुई राष्ट्रहरुले इरानद्वारा आणविक भट्टीमा युरेनियम विकास गरी अणुशस्त्र बनाउन खोजेको आशंका गरेका छन्, तर, इरानले शान्ति र देश विकासको लागि यो कार्यक्रम सञ्चालन गरेको कुरा भन्दै आइरहेको छ । फाँसीले अगस्त २०११मा आफुले प्रोफेसर मासूदलाई हत्या गरेको अपराध स्वीकारेका थिए । उनलाई इरानी राष्ट्रिय टीभीमा जनवरी २०१२मा देखाइएको थियो । तर, इरानी विपक्षी दलका नेताहरुले सत्तासीन् पार्टीद्वारा उनलाई हत्या गराइएको आरोप लगाएको छ किनभने प्रोफेसर मासूद विपक्षी दललाई समर्थन गर्ने व्यक्ति थिए । श्रोत – बीबीसी, सुमल, मेस ।
प्रतिक्रिया