‘हिट न्यु एज किक फाइट’मा उत्रिँदै अविरल

‘हिट न्यु एज किक फाइट’मा उत्रिँदै अविरल


किक बक्सिङका चर्चित खेलाडी अविरल घिमिरे ‘हिट न्यु एज किक फाइट’मा पुनः भिड्ने भएका छन् । यसअघि पनि उनले सो प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । अविरलका बुबा देवकुमार घिमिरेले जापानबाट जानकारी दिएअनुसार अविरलको फाइट आउँदो २३ डिसेम्वर २०१७ मा जापानको नागोयामा हुनेछ । यसपटक अविरलले आफ्नो प्रतिद्वन्द्वीको रुपमा जापानका नेगी माजिन पाएका छन् । उक्त किक फाइट तीन राउण्डसम्म चल्नेछ ।