माओवादीका मन्त्रीहरु यसकारण फिर्ता नहुने

माओवादीका मन्त्रीहरु यसकारण फिर्ता नहुने


नेकपा माओवादी केन्द्रका मन्त्रीहरु तत्काल सरकारबाट नबाहिरिने भएका छन् ।

माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेर वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई विनाविभागीय बनाएका थिए ।

माओवादी केन्द्रले कात्तिक ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट आफ्ना मन्त्रीहरु बाहिरिने अन्तिम निर्णय गरे पनि निर्वाचनप्रति सरकारले षड्यन्त्र गरेको निष्कर्ष निकाल्दै सरकारमै रहने निर्णय लिएको थियो ।

तर माओवादीका अधिकांश मन्त्रीहरु निर्वाचन अभियानमा जुटेकाले निर्वाचनअघिसम्म बिनाविभागीयकै हैसियतमा भए पनि सरकारमा रहने भएका हुन् । (नेपाल समाचार पत्र दैनिक)