ट्राभल बिजनेसमा चीनले अमेरिकालाई उछिन्ने

ट्राभल बिजनेसमा चीनले अमेरिकालाई उछिन्ने


लण्डन । जहाँ पैसा पुग्छ त्यहाँ मानिस पुग्छन् । चीनले विश्व भ्रमणको व्यापारमा अति नै विकास गर्दैछ र चीनले यस क्षेत्रमा आफ्नो वर्चश्व कायम गर्न प्रभावशाली भूमिका खेलिरहेको जानकारी सामने आएको छ । चीनका ट्राभल बिजनेससित आबद्ध चिनीयाँ धनाढ्यहरु ट्राभल उद्योगबाट देखिएका आउने दिनहरुको नाफामा उनिहरु खुशी हुँदै हात मल्दै बसेका छन् ।
ग्लोबल बिजनेस ट्राभल एसोसिएशन्(जीबीटिए)ले सन् २०१३ सालमा ट्राभल बिजनेसमा चीनले अमेरिकालाई उछिनेर विश्वमा सर्वोच्च स्थान ओगट्ने अडकल गरेको छ । अमेरिकाका भर्जिनिया राज्यस्थित जीबीटिएले बिजनेस ट्राभल र कोर्पोरेटसम्बन्धी मिटिङ्हरुको संगठनका रुपमा काम गर्दै आएको छ । यस संगठनले यस साल चीनको भ्रमण ब्यापारमा १७ प्रतिशत बृद्धि हुने तथा सन् २०१३ सालमा बीस प्रतिशत बृद्धि हुने अडकल गरेको छ । चीनको ट्राभल बिजनेसबाट हुने पैसाको कारोबार यस वर्ष २०२ अरब अमेरिकी डलर र सन् २०१३ सालमा २४५ अरब अमेरिकी डलर रकमको अडकल बीजीटिएले गरेको छ । सन् २०१३ सालमा संयुक्त राज्य अमेरिकाको बिजनेस ट्राभलको ब्यापारबाट २३३ अरब अमेरिकी डलर हुनेकुरा बीजीटिएले बताएको छ । बीजीटिएका कार्यकारी निर्देशक माईकल डब्ल्यू म्याककर्किकले… हामी चिनीयाँ नागरिकहरुले अब आउने दुई वर्षभित्र सही मायनेमा देशको दुईतिहाई ब्यापार बिजनेस ट्राभलमा गर्नेछ भन्ने अडकल गरेका छौ… भनेका छन् ।
चीनका चारवटा ठूला विमानस्थलहरु क्रमशः बेइजिङ, शाङघाई पुडोङ, गुआङजो र शाङघाई होङचियाउका साईजहरु दोब्बर ठूलो बनाएका छन् । सयभन्दा बढि होटलहरुको निर्माण गरिने कार्य योजना बनाएको छ । अन्तर्राष्ट्रिय होटल समुहहरुले चिनियाँ बिजनेस भ्रमणकारीहरुलाई आकर्षित गर्नलाई होटल निर्माणतर्फ अग्रसरता देखाएका छन् । बीजीटिएको प्रतिवेदनमा चीनका बिश्व भ्रमण ब्यापारको ठूलो प्रभाव बारे महत्व दिएको छ । श्रोत – सीएनएन, सुमल, मेस ।