सरकारी कागजात नक्कली बनाउने पक्राउ

सरकारी कागजात नक्कली बनाउने पक्राउ


नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्र बनाउने गिरोहका २ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ–८ बस्ने धादिङ निलकण्ठ घर भएका ४० बर्षीय शालिकराम अधिकारी र काठमाडौं नयाँ बानेश्वर बस्ने संखुवासभा माडी नगरपालिका–१ घर भएका ३२ बर्षीय यज्ञराज कार्की रहेका छन ।

उनीहरुले नक्कली सरकारी कागजात,शैक्षिक योग्यताको प्रमाणपत्र,सवारी चालक अनुमतीपत्र, नेपाली सेनाका परिचयपत्र लगायतका कागजात बनाई सर्वसाधारणबाट रकम असुल गरीरहेको भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले कात्तिक १६ गते महाराजगंजबाट अधिकारीलाई र बानेश्वरबाट कार्कीलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुबाट यातायात व्यवस्था कार्यालय बागमतीको अगे्रजी लिपीको छाप,नेपाल आर्मी लेखिएको होलोग्राम,नेपाल सरकार लेखेको होलोग्राम,विभिन्न व्यक्तिहरूको नामको सवारी चालक अनुमती पत्रहरू, HSEB प्रभिजनल SLC मार्कसिट, TU को Academic Transcript, Character Certificate,विभिन्न संस्थाहरूको रवर छाप, यातायात व्यवस्था कार्यालयको खाली सवारी चालक अनुमतिपत्रको कार्ड, शाखा अधिकृत लेखेको रवर छाप लगायतका कागजात बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।