मल्पी कप अन्तर कलेज फुटबल पुसमा

मल्पी कप अन्तर कलेज फुटबल पुसमा


मल्पी इन्स्टिच्यूटको आयोजनामा मल्पी कप अन्तरकलेज फुटबल प्रतियोगिता पुस ७ गतेदेखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने मल्पीका को–ओर्डिनेटर टेकनाथ पौडेलले जानकारी गराएका छन ।

प्रतियोगितामा ए लेभल र प्लस टुमा अध्ययनरत विद्यार्थीले मात्र सहभागिता जनाउने पाउने छन् । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन । साथै विभिन्न ९

व्यक्तिगत विधामा पनि खेलाडीलाई पुरस्कृत
मल्पी स्टुडेन्ट काउन्सिलकी अध्यक्ष प्रियंका कार्कीले गराएकि छिन् । रेड बुलको मुख्य प्रायोजन तथा ग्लोबल रिच र एस ट्राभल्सको सह–प्रायोजनमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख खर्च हुने बताइएको छ । खेलहरु लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछन् ।