सामाजिक अभियानसँगै राजनीतिमा दवाडी

सामाजिक अभियानसँगै राजनीतिमा दवाडी


नेपाली काँग्रेस गोरखाका युवा नेता प्रकाशचन्द्र दवाडी सामाजिक अभियानसँगै राजनीतिमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख) बाट उम्मेदवार बनेका दवाडी लामो समयको सामाजिक अभियानपछि राजनीतिमा प्रवेश गरेका हुन् ।

चुनावी प्रचारप्रसारका क्रममा सिरानचोक गाउँपालिकाको केराबारीमा पुगेका नेता दवाडीले जिल्लाको विकासका लागि आफ्नो उम्मेदवारी भएको बताए ।

उनले भने, ‘भूकम्पको पुननिर्माण र गोरखाको विकासका लागि मेरो उम्मेदवारी हो ।’ यस्तै प्रत्येक गाउँमा मोटरबाटो, शिक्षा र स्वास्थ्य पु¥याउनका लागि लोकतन्त्रवादीको जित आवश्यक भएको बताए ।

नेता दवाडीले देश र लोकतन्त्रलाई बचाउने जिम्मा काँग्रेसको भएको स्पष्ट पारे । उनले कसैको भ्रममा नपरी भोट हाल्नसमेत सबैलाई आग्रह गरे । दवाडीको क्षेत्र गोरखाको अजिरकोट, सिरानचोक र सुलिकोट गाँउपालिका हो ।