लण्डन । गत २६ मई २०१२ अल्डरशटस्थित स्पाइन्स जोन्स रेस्टूरेन्टमा दिनको ११ बजेदेखि साढे चारबजेसम्म पञ्चासे सेवा समाज यूकेको साधरण बैठक सम्पन्न भएको थियो । यस बैठकलाई समाजका अध्यक्ष ले.रि. दानबहादुर गुरुङले अध्यक्षता गरेका थिए भने समाजका सचिव आरकुमार गुरुङले बुँदागत एजेण्डाहरुउपर बृहत छलफलका लागि सञ्चालन गरेका थिए । छलफलको मूल उद्देश्य अब आउने २८ जुलाई २०१२को दिनमा सम्पन्न हुने वाषिर्क भेलाको आयोजना, सदस्यहरुको नवीकरण र हालसम्मको बजेटबारे छलफल गरिएको थियो । स्पाइस् जोन्सको शान्त वातावरणमा समाजका महिला सदस्यहरुलगायत पुरुषहरुको संख्या २५,३० जनाको सहभागिता रहेको थियो । सदाझै समाजको उठानका लागि सदस्यहरुले आफ्नो समय र आर्थिक सहयोग प्रदान गरेर टेवा पुर्याउने प्रक्रिया यस वर्ष पनि दोहोरियो । यसवर्षो वाषिर्क भेला कार्यक्रमलाई रोचक बनाउनका लागि राफल चिट्ठा तथा समाजको कोष सुदृढ गर्न समाजका केही दानबीर सदस्यहरुले प्रायोजन गरेका थिए । लगभग एघार सय पाउण्ड रकम तत्काल उठेको थियो । विभिन्न मनोरञ्जनका लागि बृहत छलफल गरेर यस वर्ष रोचकपूर्ण तवरले कार्यक्रम सफल पार्नको लागि सकारात्मक समर्थन सबैले जनाएका थिए । भइपरि आएको बेलामा समाजका सदस्यहरुलाई सहयोग पुर्याउने साथै नेपालका लागि पनि आफ्नो क्षेत्रमा सहयोग पुर्याउने प्रतिबद्धता समाजको रहेको छ । पञ्चासे सेवा समाज नेपालको सुन्दर पर्यटकीय नगरी पोखरास्थित फेवातालको जलश्रोत तथा धार्मिक, पर्यटकीय महत्वको स्थल पञ्चासे पर्वतको नामबाट राखिएको हो । यस समाजका सदस्यहरु पञ्चासे वरपरका विशेष गरी चित्रे, राम्जा, राँपु, ठाँटी र आसपासका क्षेत्रबाट बेलायतमा आएर अन्तिम गन्तव्यको रुपमा बसोबास गरेका व्यक्तिहरु मिलेर सन् २००९ सालमा स्थापना गरिएको सामाजिक संस्था हो । यस संस्थामा आबद्ध हुनको लागि त्यस क्षेत्रबाट यूके आएका बासिन्दाहरुलाई पञ्चासे सेवा समाज हार्दिक स्वागत गर्दछ । यस वर्षको वाषिर्क भेला निम्नलिखित स्थान, मिति र समयमा हुन गइरहेको ब्यहोरा सबैलाई अनुरोध गरिन्छ ।
स्थान – तमूधिं, मिचेट,
मिति – २८ जुलाइ २०१२
समय – दिउँसो ११ बजेदेखि राति ९ बजेसम्म ।
श्रोत – सुमल, मेस ।
प्रतिक्रिया