ताप्लेजुङमा आगलागी, लाखौंको क्षति

ताप्लेजुङमा आगलागी, लाखौंको क्षति


फक्ताङलुङ गाउँपालिका वडा नं ६ निबासी डण्डु शेर्पाको घरमा बुधबार आगलागी भएको छ । आगलागीमा परी लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

शेर्पाको घरको भान्सा कोठाबाट शुरु भएको आगोले २ तल्ले घर जलेर नष्ट भएको छ । शेर्पाका अनुसार घरमा भएको नगद १५ लाख, यूरो डलर ६ सय, यूएस डलर ८ सय र सुन–चाँदी लगायतका बहुमुल्य बस्तुहरु जलेर नष्ट भएका छन् ।

आगलागीबाट छिमेकी जण्डौल शेर्पाको घरमा समेत आगलागी भएको छ । उनको पनि धनमाल जलेर नष्ट भएको छ ।