प्याराग्लाइडिङको राष्ट्रिय टिम घोषणा

प्याराग्लाइडिङको राष्ट्रिय टिम घोषणा


नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले २०१८ मा आयोजना हुने एशियन प्रतियोगितालाई मध्यनजर राख्दै राष्ट्रिय टिमको घोषण गरेको छ । जसमा २१ पुरुष खेलाडी र ४ महिला खेलाडीको छनोंट गरिएको छ ।

संघको आयोजनामा स्याङ्जाको स्वरेकमा आयोजना गरिएको अन्तर्राष्ट्रिय खुल्ला तथा राष्ट्रिय टिम छनोट प्याराग्लाइडिङ च्याम्पियनसिप २०१७ मा सहभागि खेलाडीहरुबाट राष्ट्रिय टीमको चयन गरिएको हो । खेलाडीहरुले प्रतियोगितामा प्राप्त अंकको आधारमा छनोट गरिएको संघका महासचिव शैलेन्द्र रावतले जानकारी गराएका छन् ।

विमल अधिकारीको क्याप्टेनसिपमा पुरुषतर्फ २० खेलाडीहरुमा रिषी पोडे, बिशाल जलारी, कृष्णबहादुर सुनुवार, मदन कुमार सुनुवार, शेरबहादुर गुरुङ, सविन राना मगर, विशाल थापा, युवराज सुनुवार, विजय गौतम, निशिम थापा, अनिष भट्टराई, तेम्बा लामा शेर्पा, मोहन कुमार सुनुवार, बिशाल थापा, परमेश्वर खत्री, गणेश थापामगर, प्रविण केसी विजय दाहाल, नविन परियार र मुकेश गुरुङ्ग रहेका छन् । त्यस्तै महिला ४ खेलाडीमा विवि सोन्ताङ, सविता तामाङ, निकिता सुनुवार र अनुष्का सुनुवार रहेका छन् ।