१३ बर्ष १० महिना कैद ठहर भई फरार रहेका प्रतिबादी पक्राउ

१३ बर्ष १० महिना कैद ठहर भई फरार रहेका प्रतिबादी पक्राउ


१३ बर्ष १० महिना कैद ठहर भई फरार रहेका प्रतिबादीलाई सीआईबीले पक्राउ परेको छ ।

बिभिन्न ७ वटा नकबजनी चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७३ चैत २९ गतेको फैसलाले जम्मा १३ बर्ष १० महिना कैद तथा १ लाख ८७ हजार ३ सय ६० रुपैयाँ जरीवाना हुने ठहर भई हालसम्म फरार रहेका काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्ने नुवाकोटको साविक चौघडा गाबिस–९ का ३१ वर्षीय सिताराम तिमिल्सिनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौं मनमैजुबाट पक्राउ गरेको छ ।

काठमाडौं न्यूरोडस्थित रञ्जना ट्रेडर्स सेन्टरमा २०७३ कात्तिक ८ गते सामान किन्ने बहानामा विभिन्न पसलबाट लत्ताकपडा तथा अन्य सामानहरु चोरी गरेको आरोपमा पक्राउ परी मुद्दा चलाइएकोमा जिल्ला अदालत काठमाडौंबाट निजलाई उक्त फैसला भएको थियो ।

निजलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको सो व्यूरोले जनाएको छ ।