रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली लुम्बिनीमा

रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली लुम्बिनीमा


केरुङदेखि काठमाडौं र पोखराबाट लुम्बिनीसम्म रेलमार्गको अध्ययन गर्न आएको चिनियाँ टोली लुम्बिनी पुगेको छ । चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले तीन दिन स्थलगत अध्ययन गरेको छ ।

परराष्ट्र मन्त्रालयको अनुरोधमा टोली नेपालमा रेलमार्गको सम्भाव्यता अध्ययन गर्न आएको हो । चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारी, ठेकेदार र परामर्शदातासहितको टोली मंगलबार केरुङ जाने योजना थियो । समय अभावका कारण उनीहरु आधा बाटोबाट फर्किएका छन् ।

बुधबार टोलीले पोखरा पुगेर स्थलगत अध्ययन गरेको छ । यसअघि सरकारले काठमाडौं–पोखरा (१८७ किमी) रेलमार्गको सम्भाव्यता अध्ययन गरेको थियो भने काठमाडौं– केरूङ (१०० किमी) को पूर्वसम्भाव्यता अध्ययन भएको थियो । पोखरा–लुम्बिनीको भने पहिलो पटक अध्ययन थालिएको हो ।