काँग्रेसको ‘आर्थिक समृद्धि उपसमिति’ को संयोजकमा विनोद चौधरी मनोनीत

काँग्रेसको ‘आर्थिक समृद्धि उपसमिति’ को संयोजकमा विनोद चौधरी मनोनीत


उद्योगी विनोद चौधरीलाई नेपाली काँग्रेसले आफ्नो पार्टीको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजक मनोनित गरेको छ ।

बिहीबार पार्टीको निर्वाचन परिचालन समितिले समिति मातहतमा रहनेगरी सो उपसमिति गठन गर्ने निर्णय गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।

काँग्रेसको समानुपातिक तर्फको बन्दसूचीमा नाम समावेश भएका चौधरीलाई मंगलबार गठन गरिएको बालकृष्ण खाँण नेतृत्वको परिचालन समितिमा समावेश गरिएको थियो ।

यद्यपि सो उपसमितिमा को को सदस्य रहने भन्नेबारे भने केही उल्लेख गरिएको छैन । सो उपसिमितले आर्थिक समृद्दि र विकासको लागि काँग्रेसले गरेका कामहरुको बारेमा जानकारी दिने र अबको काँग्रेसको अभियानको बारेमा जानकारी दिने काँग्रेसले जनाएको छ ।