जापान सम्पर्क समितिको अध्यक्षमा नवीन

जापान सम्पर्क समितिको अध्यक्षमा नवीन


नेपाल भलिबल संघ जापान सम्पर्क समितिको अध्यक्षमा नवीन गुरुङ चुनिएका छन् । नेपाल भलिबल संघको विधानको दफा २६ अनुसार पुर्वखेलाडी नवीनको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको अध्यक्षमा गुरुङ चुनिएपछि संघका केन्द्रिय अध्यक्ष मनोरन्जनरमण शर्माले प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।

सम्पर्क समितिको वरिष्ठ उपाध्यक्ष लोकेश खत्री, उपाध्यक्षमा मदन साउद, महासचिव मुक्ति सुवेदी, सचिवमा बविन थापा र कोषाध्यक्षमा दिपेश खत्री रहेका छन् । त्यसै सदस्यहरुमा भिक्टोर ठाडामगर, हितु थापा, महेन्द्र साहानी, राम मल्ल, राम लामिछाने, कमल थापा र प्रकाश चन्द जोशी रहेका छन् । बिधान अनुसार अध्यक्ष गुरुङले राजु बस्नेत, जिवन खड्का र कमला काप्री र कविता लामिछाने लाई सदस्यमा मनोनयन गरेका छन् ।

प्रमाण–पत्र हस्तान्तरण कार्यक्रममा अध्यक्ष गुरुङले नेपाल भलिबल संघलाई नगद ४० हजार सहयोग हस्तान्तरण गरेको छन् । सो कार्यक्रममा संघका महासचिव जितेन्द्रवहादुर चन्द, सचिव जगदिस भट्ट, सदस्यद्वय टेकराज भण्डारी र रिता कोइरालालगायतको उपस्थिति रहेको थियो ।