विकास ल्याउने प्रतिबद्धता जाहेर नगर्ने उम्मेद्वारलाई भोट दिदैनौं : चेपाङ समुदाय

विकास ल्याउने प्रतिबद्धता जाहेर नगर्ने उम्मेद्वारलाई भोट दिदैनौं : चेपाङ समुदाय


चितवनको विकट क्षेत्र सिद्धिकाका चेपाङ समुदायले शिक्षा, स्वास्थ्य ,सडक र आवासको प्रत्याभूति गर्ने उमेदवारलाई मात्र मत दिने बताएका छन् । बिगतको सिद्धि गाविस अहिले कालिका नगरपालिकामा परिणत भएपनि नगरपालिकामा हुनुपर्ने कुनै पनि पुर्वाधार त्यो क्षेत्रमा पुग्न सकेको छैन् । सिद्धिकावासी अहिले पनि आधा दिन पूरै हिडेर बजार झर्नु पर्ने बाध्यतामा छन् ।

सिद्धि क्षेत्र चितवनको बिकट क्षेत्र हो जुन अहिले कालिका नगरपालिका १० र ११ नम्वर वडामा परेको छ । भौगोलिक रुपमा आफनो क्षेत्र निकै बिकट रहेको र यहाँका समुदायको शिक्षा र स्वास्थ्यमा पहुँच पुग्न नसक्दा नगरपालिका भएपनि बिकासले गति लिन नसकेको कालिका नगरपालिकावडा नम्वर ११ का अध्यक्ष कृष्णबहादुर चेपाङ बताउँछन् ।

आफूले करिव ८० लाख बजेट पारेर साविक सिद्धिको ४ वडामा बाटो लाने योजना बनाएको भन्दै उनले विकासमा साथ दिने नेतालाई भोट दिन तयार रहेको पनि प्रष्ट पारे ।

११ नम्वर वडामा ९५ प्रतिशत चेपाङ समुदाय छन् भने ५ प्रतिशत तामाङ छन् । जहाँ स्थानीय निर्वाचनमा दलित र अन्य जातिको प्रतिनिधि नहुँदा दलित कोटानै रिक्त रहेको थियो । अत्याधिक विकटता शिक्षा स्वास्थ्य सञ्चार र यातायातको असुबिधाका कारण यहाँका समुदायहरु निकै कठिन अवस्थाका बिच जीवन बिताउन बाध्य भएको स्थानीय सन्दीप चेपाङको भनाई छ ।

पछिल्लो पटक स्थानीयको जीवनमा केहि सुधार भएपनि खेतियोग्य जमिनको अभाव, खोलामा पुल नहुँदा यात्रामा समस्या यातायातको असुविधा, उचित स्वास्थ्य उपचार गर्ने ठाउँको समस्याका कारण अस्पताल नपुगी मर्नुपर्ने बाध्यता भने कायमै रहको स्थानीय प्रेमबहादुर प्रजाको गुनासो छ ।

त्यस्तै १० नम्वर वडाका वडा अध्यक्ष दिलबहादुर गुरुङले सिद्धिमा कृषि तथा पर्यटनको प्रचुर सम्भावना रहेकाले ती सम्भावनालाई उजागर गरी विकास गर्नुपर्ने माग राखेका छन् ।

‘सिद्धि क्षेत्रको बिकासका लागि सरकारले यहाँको समभावनाहरुको उजागर गरि बजारीकरण गर्दै स्थानीय समुदायको जीवनस्तर उकास्ने खालका योजनाहरु सन्चालन गर्न जरुरी छ ।’ एक स्थानिय चेपाङले भने, ‘भोट हालेर जिताएर पठाउँछौं, तर हाम्रो समस्या जहाँको त्यही छ ।’