कम्युनिष्टहरु एकदलीय शासन व्यवस्थाको दिशामा : प्रकाशमान

कम्युनिष्टहरु एकदलीय शासन व्यवस्थाको दिशामा : प्रकाशमान


नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले कम्युनिष्टहरु नेपालमा फेरी एकदलिय शासन ब्यवस्थाको दिशातर्फ उन्मुख भएको बताएका छन् । गणेशमान सिंहको १०३ औं जन्मजयन्तीको अवसरमा आज शोभाभगवतीमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।

बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्थामा चुनौति दिनेहरुविरुद्ध कांग्रेसले डटेर सामना गर्नेछ भन्दै नेता सिंहले मुलुकमा बहुदल ल्याउन सर्वोच्च कमाण्डर गणेशमान सिंह र मंगलादेवी सिंहले खेलेको योगदान उच्च रहेको बताए ।

वाम गठबन्धनका नेताहरुले १० वर्षभित्र नेपालमा साम्यवाद ल्याउँने विषय दिवा सपना भएको भन्दै नेता सिंहले संसारभरि फेल भइसकेको साम्यवाद वाम गठबन्धनले नेपालमा ल्याउन नसक्ने जिकिर गरे ।

बहुदलीय संसदीय व्यवस्थामा आइसकेका कम्युनिष्टहरुले फेरि पनि एकदलीय शासन व्यवस्था कायम गर्छु भनेर घोषणा गर्छन् भने कांग्रेस त्यसमा सहमत नह्ने भन्दै उनले त्यसलाई कांग्रेसले सामना गर्ने बताएका छन् ।

गणेशमान सिंहले ०४६ को जनआन्दोलनको नेतृत्वदायी भूमिका खेलेका थिए । उनकै अग्रसरतामा कांग्रेस र कम्युनिष्ट मिलेर प्रजातन्त्र स्थापना गरेका थिए ।