टोरोन्टो ओपन तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ३ नेपाली महिला खेलाडी क्यानाडाको टोरोन्टो तर्फ प्रस्थान गरेका छन् ।
मंसिर १ देखि ३ गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगिताको ६७ केजीमुनि ज्ञानी चुनारा, ४९ केजीमुनि रेजिना कार्की र ५७ केजीमुनि यानकुमारी चौलागाईंले प्रतिस्पर्धा गर्नेछन् । तीनै खेलाडी दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । तीनैले १२ औं सागमा रजत जितेका थिए ।
आठौं सागका स्वर्ण विजेता राजकुमार राईले उनीहरुको प्रशिक्षकको भूमिका निर्वाह गर्ने छन् । राई क्यानाडामै छन् । टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं तेक्वान्दो प्रमुख प्रशिक्षक नन्दु राई, सागका कीर्तिमानी स्वर्णधारी एवं तेक्वान्दो संघका सचिव दीपक विष्टले बिदाइ गरेका थिए ।
प्रतिक्रिया