पचास हजार युवा स्वदेश फर्काउने रायमाझीको दाबी

पचास हजार युवा स्वदेश फर्काउने रायमाझीको दाबी


निर्वाचनकेन्द्रित सभामा पूर्वमन्त्री रायमाझीले सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडी–सुर्खेत तथा चाक्ला जुकेना–प्युठानसहित सात केन्द्रीयस्तरका सडक कालोपत्रे गर्ने, जिल्लाका पर्यटकीय दृष्टिले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक संरचनाको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्ने कार्यक्रम राखिएको बताए । गाउँ गाउँलाई उज्यालो बनाउन प्रसारण लाइनको स्तरोन्नति गर्ने तथा राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा सौर्य ऊर्जा पु¥याउने प्रतिबद्धता उनले जनाए ।

हालसम्म अर्घाखाँचीमा चुनढुङ्गाबाहेक अरु उद्योग नभएकाले बिजुली, पानी तथा रोजगारीमूलक उद्योगधन्दा सञ्चालन गर्ने योजना नेकपा (माओवादी केन्द्र) ले राखेको जानकारी दिँदै रायमाझीले एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा ऊर्जा, शिक्षा, युवा विकास र खेलकूद, कृषि खानेपानी, सडक र पर्यटनको विकासका लागि पनि पार्टी कटिबद्ध रहेको दाबी गरे ।