बाबुरामका ‘उपाध्यक्ष’ दीपराज रुखको छहारी खोज्दै

बाबुरामका ‘उपाध्यक्ष’ दीपराज रुखको छहारी खोज्दै


नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ नेपाली कांग्रेसमा प्रवेश गर्न लागेको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट गुरुङलाई टीका लगाएर कांग्रेसमा प्रवेश गराउन कसरत भैरहेको जानकारीमा आएको छ ।

गुरुङलाई कांग्रेसमा प्रवेश गराउन प्रधानमन्त्री देउवाका भान्जा अर्थात् नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानु चन्दले विशेष भूमिका खेलेको बुझिएको छ । स्मरण रहोस्, केहि दिनअगाडि मात्रै चन्दलाई दीपराज गुरुङले उपाध्यक्षमा नियुक्ति गरेका थिए । त्यसैको गुन तिर्न चन्दले गुरुङलाई प्रधानमन्त्री देउवाको हातवाट माला र टीका लगाएर कांग्रेसमा प्रवेश गराउन लागेको स्रोतले बताएको छ ।

दीपराज गुरुङ खेलकुदमा अत्यन्तै विवादस्पक छवी भएका व्यक्तिको रुपमा चिनिन्छन् । व्यक्तिगत फाइदाको लागि जस्तोसुकै हरकत गर्न सक्ने गुरुङले अहिले चन्दलाई मोहरा बनाएका छन् । शक्तिको पुजारीको रुपमा परिचित गुरुङ नेपालका सबै पार्टीका सदस्य बनिसकेका छन् । राजावादी, कांग्रेसवादी, एमालेवादी र माओवादीको घर र आँगनमा वास बसिसकेका गुरुङ पछिल्लो समय पछिल्लो समय बाबुराम भट्टराईको नयाँशक्ति पार्टीमा प्रवेश गरेका थिए । गुरुङ अहिले पनि नयाँ शक्ति पार्टीको खेलकुद उपाध्यक्ष हुन् ।

पाए खेलकुद मन्त्री नपाए राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव बन्ने रणनितीका साथ गुरुङ नयाँशक्ति पार्टीमा प्रबेश गरेका थिए । अहिले नयाँ शक्ति पार्टी नामको मात्रै राजनीतिक पार्टीमा सिमित भएपछि गुरुङको हैसियत ‘चौटा खान गएकि बुढी झोलमा डुबेर मरि’ जस्तै भएको थियो । यस्तो विषम परिस्थितिमा गुरुङले आफुलाई बैतरणी तराउन भानु चन्दलाई रोजेका हुन । जस्को सहयोगमा उनी कांग्रेसमा प्रबेश गर्न सफल हुने चर्चा चलेको छ ।

दोश्रो संविधानसभाको निर्वाचनमा गगन थापालाई हराउन गुरुङले विशेष भूमिका थिए । गुरुङ थापा हराउ अभियानमा वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुनको बुथ कमिटीको सदस्य समेत रहेका थिए । गुरुङलाई सहयोग गर्न वर्तमान तेक्वान्दो संघका उपाध्यक्ष तथा मुख्य प्रशिक्षक नन्दु राई समेत बुथ कमिटीको सदस्य बनेका थिए । तर पुन थापासंग पराजित भएपछि रातारात थापाको आगनमा गुरुङले विजयोत्सव मनाएको कसैवाट छिपेको छैन् ।

यसरी सबै पार्टीको स्वाद चाखिसकेका गुरुङले अहिले किन कांग्रेसलाई रोजे त्यो चर्चा र खोजिको विषय बनेको छ । प्राप्त जानकारीका अनुसार यतिवेला आफ्नो पद प्रतिष्ठा र नागरिकता सम्वन्धि विवादवाट जोगिन उनले कांग्रेस पार्टीलाई रोजेको स्रोतको दावी छ । राष्ट्रिय खेलकुद परिषदमा गुरुङमाथि विभिन्न उजुरी परेर छानविनको प्रक्रिया अगाडि बढिरहेको अवस्थामा कारवाहिवाट बच्न रुखको सितल छहारी खोजेको स्रोतले बताएको छ ।