रिङ रेश्लिङमा अन्तर्राष्ट्रिय रेस्लर भिड्दै

रिङ रेश्लिङमा अन्तर्राष्ट्रिय रेस्लर भिड्दै


नेपाल रिङ रेस्लिङ संघको आयोजना तथा डिस मिडिया नेटवर्कको सहकार्यमा दोश्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आयोजना हुँदैछ ।

त्रिपुरश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज शनिबार हुने प्रतियोगितामा नेपालसहित आठ राष्ट्रका २१ रेस्लरको सहभागिता रहने आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराएकी छिन् ।

उक्त रिङ रेस्लिङ प्रतियोगितामा नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, सिंगापुर, चेक रिपब्लिक, रुस र मलेसियाका गरी जम्मा २१ रेस्लरहरु रिङमा उत्रने छन् । जस्मा १२ नेपाली र ९ विदेशी रेस्लरलाई रिङमा उत्रने आयोजक समितिकि अध्यक्ष सुनिता थापाले जानकारी गराएकी छिन् ।

उक्त भिडन्तमा ह्यान्डक्याप, ट्याग टिम, रोयल ब्याटल, हार्ड कोर, डबल म्याच, सिंगल म्याच र ट्रिपल थ्रेट म्याच विधामा प्रतिस्पर्धा हुनेछ ।

यसबारे जानकारी दिन शिजो शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनकै बीच अमेरिका र नेपालका रेस्लरले भिडन्त गरेर प्रतियोगिता सनसनीपूर्ण र रोमान्चकारी हुने संकेत दिएका थिए । दुवै रेस्लर आज हुने भिडन्तमा एकअर्कालाई फाइटिङको लागि चुनौंती दिएका थिए ।

दशरथ रंगशालाको कवर्डहलमा आयोजना हुने रिङ रेस्लिङ हेर्न चाहने दर्शकले पाँच सय र एक हजारको टिकट खरिद गर्नुपर्नेछ ।