पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन


९० बर्षको उमेरमा नेपालका बरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार निधन भएको छ । उहाँका निधन आफ्नै निवासमा भएको हो ।

बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।

विगत एकबर्ष देखि निवासमै आराम गरिरहेका उनि तीनपटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।

आज बिहान साढे १० बजे काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै निवासमा बिष्टको निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।