निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्छ : आयुक्त यादव

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्छ : आयुक्त यादव


प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सबै मिलेर निर्बाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

आयुक्त यादवले आगामी मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधी सभाको निर्बाचनमा दल तथा उम्मेदवारहरुले आचारसंहिताको पूर्ण रुपमा पालना गर्न निर्देशन दिएका छन् । आयुक्त यादवले निर्वाचन प्रचारप्रसार र आचारसंहिताको पूर्ण पालना जति धेरै भयो त्यति नै मतदाताहरुको सहभागितामा बढोत्तरी हुने विश्वास व्यक्त गरेका छन् ।

बिना मत वा जनमत लोकतन्त्र नहुने भन्दै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र निश्पक्ष रुपमा सम्पन्न गर्नको लागि सबैले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै यादवले उम्मेद्धवारहरुले प्रचारप्रसारलाई स्वच्छ र भयरहित बनाउन आग्रह गरेका छन् ।

उम्मेद्धवारमाथि आक्रमण भए गरेको समाचार आएको भन्दै आयुक्त यादवले सरकारसँग मतदाता र उम्मेदवारको सुरक्षा हुनुपर्ने माग राखेका छन् ।

उनले निर्वाचन सर्ने भनेर गलत प्रचार नगर्न समेत आग्रह गरेका छन् । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि सबैको भूमिका भएपनि विशेषगरि पत्रकारहरुको झनै ठूलो भूमिका हुने बताए ।