कैलालीको चुरेमा बस दुर्घटना, १५ गम्भिर २७ घाइते

कैलालीको चुरेमा बस दुर्घटना, १५ गम्भिर २७ घाइते


बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना७ख २७२३ नंको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवलदार वीरसिंह धामीले राससलाई जानकारी दिए ।

उनले घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताए । ‘पाँचजनालाई उपचारका लागि एउटा बसमा अत्तरियास्थित पद्मा अस्पतालतर्फ पठाएका छौँ ।’ उनले भने, ‘गम्भीर घाइतेलाई अस्पतालसम्म लैजान एम्बुलेन्स घटनास्थल आइपुग्दैछन् ।’ राससका अनुसार दुर्घटनापछि सशस्त्र र प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा खटिएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।