खेलाडी भुवनप्रति श्रद्धाञ्जलि

खेलाडी भुवनप्रति श्रद्धाञ्जलि


नेपाल एमेच्योर भेट्रान्स एथलिट कमिटीका वरिष्ठ उपाध्यक्ष भुवनदेव पन्तको असामयिक निधन भएकाले उनको सम्झनामा सो संस्था एवं नेपाल भेट्रान्स टेबलटेनिस संघद्वारा शनिबार यहाँ एक संयुक्त श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरियो ।

सो कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजन केसीले खेलाडी र खेलकुद क्षेत्रमा योगदान पु¥याउनुभएका, निरन्तर खेलकुदको विकास र संवद्र्धनमा लागिपरेका खेलाडी भुवनदेव पन्त (बबि पन्त)को खेलहरुको स्मरण गर्दै उनले खेलकुद क्षेत्रमा पुÞराउनु भएको योगदानबारे चर्चा गरे ।

राससका अनुसार भुवनदेव पन्तको यही असोज ४ गते सिंगापुरमा क्यान्सर रोगको उपचारका क्रममा निधन भएको थियो ।

पुराना ख्यातीप्राप्त खेलाडीहरुको सहभागिता रहेको कार्यक्रममा संघका अध्यक्ष जिएन दाइ शर्माले बबि पन्तको निधनबाट नेपालको खेलकुद क्षेत्रमा ठुलो क्षति पुगेको भन्दै उहाँको योगदानको स्मरण गरेका थिए ।