मनाङको नारफूमा रहेका ५ मतदानस्थल अति संवेदनशील

मनाङको नारफूमा रहेका ५ मतदानस्थल अति संवेदनशील


सुरक्षा समितिले मनाङले मनाङका ५ मतदानस्थल अति संवेदनशीलमा सूचीमा राखेको छ । नारफू गाउँपालिकाको ५ वटा मतदानस्थललाई यस्तो राखेको हो ।

सदरमुकाम चामेबाट हिँडेर करिब २ दिनमा पुगिने उक्त ठाउँमा मतदानका समय हिमपात हुनसक्ने, भौगोलिक दृष्टिले निकै टाढा र बढी उचाइमा रहेकाले ‘हाइ अल्टिच्युट’को समस्या हुनसक्ने भन्दै अति संवेदनशीलमा राखिएका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । उनले भने नारफु गाउँपालिका मनाङका ४ गाउँपालिकामध्ये निकै विकट गाउँ हो । पन्तका अनुसार नारफुमा कुनै पनि समय हेलिकप्टर प्रयोग गर्नुपर्ने हुनसक्छ । ५ मध्ये नार गाउँमा ३ र फू गाउँमा २ मतदानस्थल रहेको छ ।

४ गाउँपालिका रहेको मनाङको माथिल्लो मनाङको नेस्याङ गाउँपालिकामा ९ वटा मतदान केन्द्र छन् । नारफू गाउँपालिकामा ५ मतदान केन्द्र छन् । मनाङमा ९ वटा मतदानस्थललाई संवेदनशीलमा राखिएको छ । संवेदनशील मतदानस्थलमा प्राय माथिल्लो क्षेत्रका रहेका सुरक्षा स्रोतले बताएको छ । चामेमा ५ र तल्लो मनाङको नासोङमा ९ मतदान केन्द्र छन् । चामे र नासोङ प्रदेश (क) मा पर्छ भने नेस्याङ र नारफू गाउँपालिका प्रदेश (ख) मा पर्छ ।

६ सय ५० सुरक्षाकर्मी खटिँदै
मनाङमा ६ सय ५० जना सुरक्षाकर्मी निर्वाचनको लागि खटीने भएका छन् । सुरक्षा स्रोतका अनुसार नेपाल प्रहरी २ सय १८, म्यादी प्रहरी १ सय ८८, सशस्त्र प्रहरी १ सय २० र नेपाली सेना १ सय ३० को हाराहारीमा खटिँदैछन् । यस्तै, सबै मतदान केन्द्रमा गरी २ सय १० जना कर्मचारी खटिने मनाङका सहयाक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले बताए ।

प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभाका लागि २ वटा निर्वाचन क्षेत्र रहेको छ । मनाङमा कूल ५ हजार ८ सय ८१ मतदाता छन् । प्रतिनिधि तथा प्रदेशसभा चुनावमा सबैभन्दा बढी भ्राका आधारभूत विद्यालय केन्द्रमा ५ सय ३४ मतदाता र सवैभन्दा कम चामेस्थित गाउँपालिका भवन केन्द्रमा ४२ जना रहेका छन् ।